दार्चुलामा बन्यजन्तु पीडितहरुलाई राहत वितरण

५ बर्ष अघि

२0७५ फाल्गुन २८ मंगलवार

दार्चुलामा  बन्यजन्तु पीडितहरुलाई राहत वितरण

दृष्टिकोण समाचार, २८ फागुन दार्चुला । दार्चुला जिल्लामा बन्यजन्तुको आक्रमणबाट घाइते भएका पीडितहरुलाई डिभिजन बन कार्यालय दार्चुलाबाट राहत वितरण गरिएको छ । जंगली बदेंलले आक्रमण गरेका शैल्यशिखर नगरपालिका ८ का हरीशंकर जोशी र शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का करनसिह धामीलाई राहत रकम वितरण गरिएको छ । हरीशंकर जोशीलाई २०७३ साल कार्तिक २० गते र करनसिह धामीलाई २०७४ माघ १० गते जंगली बदेंलले आक्रमण गरी घाईते बनाएको थियो । घाईतेहरुको उपचारमा लागेको खर्चको आधारमा जोशीलाई  १ लाख ९९ हजार ८ सय ६७ रुपैँया र धामीलाई ७१ हजार ६ सय ८ रुपैँया राहत रकम हस्तान्तरण गरिएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा प्रमुख जिल्ला अधिकारी शंकर विष्टको अध्यक्षता एवं नेकपाका सुदुरपश्चिम सहइन्चार्ज लक्ष्मणदत्त जोशीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको आयोजना गरी राहत रकम वितरण गरिएको डिभिजन कार्यालय दार्चुलाका प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो ।