दार्चुला बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप सप्ताह

५ बर्ष अघि

२0७५ फाल्गुन २८ मंगलवार

दार्चुला बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप सप्ताह

दृष्टिकोण समाचार, फागुन २८ दार्चुला । सुदुरपश्चिम विश्व विद्यालय अन्तरगतको दार्चुला बहुमुखी क्याम्पस खलंगा दार्चुलाले विद्यार्थीहरुबीच अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको छ । विद्यार्थीको पढाई सँगसँगै उनीहरुलाई विभिन्न अतिक्ति क्रियाकलापहरुमा समाबेश गराई विद्यार्थीको थप अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिरहेको दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णसिह साउँदले जानकारी दिनुभयो । विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुलाई चारवटा सदन महाकाली, चौलानी, अपि र नम्मामा विभाजन गरी बुद्धिचाल, बेलुन फुटाउने, तातोआलु, कुर्सीदौड, हाजिरिजवाफ, भलिबल, बक्तृत्वकला तथा हाजिरि जवाफ लगायतका प्रतियोगिताहरु सञ्चालन गर्न लागेको हो । फागुन २६ गतेबाट सञ्चालनमा रहेको अतिरिक्त क्रियाकलाप अन्तरगतका प्रतियोगिताहरु सञ्चालनमा रहेका छन् ।