सदरमुकाम क्षेत्रमा खानेपानी समस्या जटिल 

५ बर्ष अघि

२0७५ फाल्गुन २७ सोमबार

सदरमुकाम क्षेत्रमा खानेपानी समस्या जटिल 


सुलाेचना महता,फागुन २७ दार्चुला । दार्चुला जिल्ला सदरमुकाम बासीले वषौँ देखि खानेपानीको समस्या झैल्दैँ आएका छन् । पुरानो खानेपानीको आयोजना मर्मत सम्भार नहुँदा र जनसंख्या वृद्धि हुदाँ खानेपानी समस्या जटील बन्दैँ गएको स्थानीयहरु बताउँछन् । 
खानेपानीको शुल्क तिरे पनि नियमित खानेपानीको आपूर्ति नहुदाँ निकै समस्या भोग्नु परेको महाकाली नगरपालिका वडा नम्बर ४ का स्थानीय उदारी कुवँरले बताइन् । अहिले सम्म खानेपानी समस्या भोग्दैँ आएपनि खानेपानी नियमित आपूर्तिका लागि महाकाली नगरपालिकाले प्रत्येक घरबाट उठाउने गरेको प्रति घर १० हजार रुपैँया तिरेको कुवँरले जानकारी दिइन् । नगरपालिकाले सदरमुकाम बासीको खानेपानी समस्या चाडैँ नै समाधान गर्ने प्रति आशावादी रहेको उनले बताइन् । मोटर घरमा लगाएको भएपनि खानेपानी नआउँदा छिमेकीको घरबाट पानी भरेर ल्याएर होटल व्यवसाय सञ्चालन गरेको स्थानीय लालसिँह महरले बताए । 
खानेपानी आयोजनाका लागि ४३ करोड  बजेट स्वीकृति


दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा रहेको महाकाली नगरपालीकाले खानेपानी समस्या समाधानका लागि ४३ करोड बजेट स्वकृति भएको जनाएको छ । सदरमुकाम बासीले भोग्दैँ आएको खानेपानी समस्या समाधान गर्नका लागि उक्त आयोजना लागु हुने महाकाली नगरपालिकाका प्रबक्ता पुष्कर राज जोशीले जानकारी दिए ।

सदरमुुकाम क्षेत्रमा लागु हुने बृह्त खानेपानी आयोजना एसीयाली विकास बैँकको आर्थिक सहयोग तथा उपभोक्ताको पाचँ प्रतिशत उपभोक्ताको २ करोड १९ लाख रुपैँया संकलनबाट लागु हुने महाकाली नगरपालिकाका प्रबक्ता जोशीले बताए । महाकाली नगरपालिकामा गठन भएको खानेपानी तथा सरसफाई समिति मार्फत हाल खानेपानी उपभोक्ताबाट एक तले घरका लागि ५ हजार रुपैँया, दुई तले घरधनिसँग ८ हजार, तिन तले घरधनीबाट १० हजार रुपैँया र तिन तलेभन्दा माथि तला भएका घरधनिसँग १२ हजार रुपैँयाका दरले संकलन भईरहेको  महाकाली नगरपालिकाले जनाएको छ ।

खानेपानी उपभोक्ताबाट रकम उठाई सकेपछि टेन्डर भई दुई वर्ष भित्र सम्पन्न हुने सदरमुकाम क्षेत्रमा रहेको ३÷४ ठाउँ मुहानबाट खानेपानी ल्याउने गरी आयोजना लागु हुने नगरप्रबक्ता जोशीले बताउनु भयो । खानेपानी आयोजना सम्पन्न भएपछि नियमिति रुपमा १३ हजार लिटरका दरले खानेपानी आपूर्ति हुने उनको भनाई छ ।