दार्चुलाबाट निर्वार्चित समानुपातिक सांसद बडुद्धारा राताकाठा क्षेत्रको स्थलगत अनुगमन 

५ बर्ष अघि

२0७५ फाल्गुन २७ सोमबार

दार्चुलाबाट निर्वार्चित समानुपातिक सांसद बडुद्धारा राताकाठा क्षेत्रको स्थलगत अनुगमन 

ललित सामन्त,फागुन २७ दार्चुला  । दार्चुला बाट निर्वार्चित समानुपातिक सांसद तथा पुर्वमन्त्रि पुर्व पार्टी प्रवक्ता दिलेन्द्र प्रसाद बडू नेतृत्वको टोलीले सोमबार दार्चुला तिंकर सडक अन्तर्गत पर्ने राताकाठा क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको छ ।

सो क्षेत्रमा भैइरहेको ग्रेड सुधारको कार्यलाई गति दिन स्थलगत अनुगमन गर्नु भएको दार्चुला तिंकर सडक योजनाका ईन्जिनियर दिनेश रैखोलाले जानकारी दिनुभयो ।    दार्चुला तिंकर सडक अन्तर्गत पर्ने राताकाठा क्षेत्रको ६ सय मिटर सडकमा ग्रेड सुधारको कार्य भैइरहेको उहाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य बडूले फागुन १७ गते ११ जनाको ज्यान जाने गरी भएको जिप दुर्घट्ना स्थलको समेत अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा प्रतिनिधिसभा सदस्य बडूले  राताकाठा क्षेत्रमा भैइरहेको ग्रेड सुधारको कार्यलाई तिव्रगति दिन निर्देशन गर्नु भएको उहाले जानकारी दिनुभयो ।                                  
   साथै प्रतिनिधिसभा सदस्य बडूले श्रीबगड तातोपानी क्षेत्रमा महाकाली नदि नियन्त्रण आयोजना द्धारा निर्माण हुने पक्की तटबन्धको स्थानको समेत स्थलगत अनुगमन निरिक्षण गर्नु भएको छ ।
 तातोपानी क्षेत्रलाई पर्यटकिय हिसावले विकास गर्न पक्की तटबन्ध निर्माण गरिन लागेको नदि नियन्त्रण आयोजनाले जनाएको छ । पक्की तटबन्ध निर्माणका लागी गुरुयोजना तयार भैइसकेको तथा ठेक्का सम्झौता हुन बाकी रहेको आयोजनाले जनाएको छ । 
 प्रतिनिधिसभा सदस्य बडू नेतृत्वको टोलीमा जिल्ला समन्वय समितिका प्रमुख करविर बहादुर कार्की, महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, महाकाली नदि नियन्त्रण आयोजनाका आयोजना प्रमुख मित्र बराल, दार्चुला तिंकर सडक योजनाका योजना प्रमुख अच्युत पन्त, ईन्जिनियर दिनेश रैखोला लगायतको सहभागिता रहेको थियो ।