पुर्ण सरसफाइ स्वच्छता सम्बन्धि दुइ दिने तालिम उद्घाटन 

५ बर्ष अघि

२0७५ फाल्गुन २७ सोमबार

पुर्ण सरसफाइ स्वच्छता सम्बन्धि दुइ दिने तालिम उद्घाटन 

ललित सामन्त,फागुन २७ दार्चुला ।  ग्रामीण जल स्रोत परियोजना दार्चुलाको आर्थिक सहयोगमा दार्चुलाको नौगाड गाउँपालिकामा पुर्ण सरसफाइ स्वच्छता सम्बधि दुई दिने तालिम उद्घाटन गरीएको छ ।
 दार्चुलाको नौगाड गाउँपालिका वाड नम्बर ३ का वडा अध्यक्ष बहादुर सिह बाहराको अध्यक्ष एवं गाउँपालिका प्रशासकिय प्रमुख मोहन सिह धामीको प्रमुख आर्थित्यतामा दुइ दिने पुर्ण सरसफाइ स्वच्छता सम्बिधि तालिम उद्घाटन गरीएको  नौगाड गाउँपालिकाका कम्प्युटर अबरेटर चन्दु ठगुन्नाले बताउनु भयो ।  
दार्चुलाको नौगाड गाउँपालिका भित्र पुर्ण सरसफाइ गर्ने उद्देश्यले पुर्ण सरसफाई स्वच्छता तालिमको उद्घाटन गरीएको हो । 
तालिम फागुन २७ गते बाट फागुन २८ सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा जलस्रोत व्यवस्थापन प्रणली विज्ञ  बल्ब नेपाल,ग्रामीण जल स्रोत व्यवस्थापन डडेल्धुराका सल्लाहकार लब राज पन्त लगायत समाज सेवी बुद्धिजीवीहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।