तीन महिने निः शुल्क तालिम सुरु हुने 

५ बर्ष अघि

२0७५ फाल्गुन २७ सोमबार

तीन महिने निः शुल्क तालिम सुरु हुने 

ललित सामन्त,फागुन २७ दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वाड नम्बर ४ स्थित महेन्द्र मावि खलंगामा रहेको महेन्द्र माविले विभिन्न तीन महिने तालिम सुरु गरेको छ । 
दार्चुला जिल्ला दसरमुकाम क्षेत्रमा अवस्थित महेन्द्र माविले बिल्डिङ,इलेक्टिसियन र फनिचर मेकर तालिम नि ःशुल्क रुपमा प्रदान गर्ने लागेको महेन्द्र नमुना माविका प्रधानाध्यापक राम दत्त जोशीले बताउनु भयो । 
महेन्द्र नमुना मावि र सिटिइभिटी धनगढी कार्यालयबीच भएको सम्झौता अनुसार २ वटा तालिम महेन्द्र नमुना माविले निः शुल्क प्रदान गर्ने लागेको पनि विद्यालयका प्रधानाध्यापक जोशीले बताउनु भयो । 
आउदो चैत १ गतेदेखि विद्यालयले २ वटा तालिम निः शुल्क रुपमा प्रदान गर्ने लागेको हो । आवेदनका लागि फागुन २२ गते सम्म खूल्ला गरिएको थियो ।
 जस्मा १९जना बिल्डिङ इक्टिसियन र १० जना मात्रै फनिचर मेकर तालिमको लागि आएको र दुबै तालिममा २० ÷२० जनाको आवश्यकता भएपनि एउटामा १ जनाको अर्कोमा १० जनाको आवश्यककता रहेको र विद्यालयले यो महिनाको अन्तिम सम्म म्याद थप गरेको विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले जानकारी दिनु भएको छ ।  
आवेदन दिनेहरुले २ वटा मध्ये एउटालाई मात्रै सहभागिता हुन पनउँने विद्यालयको सुचनामा प्रकाशित गरिएको छ ।
 तालिम चैत १ गते बाट जेष्ठ ३० गते सम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।