नौगाड गाउँपालिका द्धारा विभिन्न योजनाहरुको अनुगमन 

५ बर्ष अघि

२0७५ फाल्गुन २६ आईतवार

नौगाड गाउँपालिका द्धारा विभिन्न योजनाहरुको अनुगमन 

 
ललित सामन्त,फागुन २६ दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका भित्र चालु आर्थिक वर्ष वर्ष २०७५ ÷०७६ अन्तर्गत सञ्चालित विकासे योजनाहरुको विभिन्न बडाहरुमा स्थलगत अनुगमन गरिएको छ 
नौगाड गाउँपालिका वडा नम्बर २ को निर्माण सम्पन्न र निर्माणाधिन योजनाहरु, स्थानिय तह मातहतका कार्यलयहरु को ७ दिने अनुगमन मा निस्किएका छ्न
आज पहिलो दिन दल्लेख नागु सिना सडक,खण्ड पानीका धाराहरु ४ कोठे विद्यालय भवनहरु लगायत ६ वटा योजनाहरुको अनुगमन गरीएको नौगाड गाउँपालिका योजना शाखा प्रमुख नरेन्द्र सिह ठगुन्नाले बताउनु भयो ।  
गाउँपालिका र वडाबाट विनियोजित बजेटले गत वर्ष र चालु आर्थिक वर्षमा थुप्रै योजना सम्पन्न गरिएको र बाँकी योजनाहरुको पनि जनतालाई राहात मिल्ने गरी दिगो विकास निर्माणमा जोड दिइने अनुगमन टोलीले जनाएको छ । सोही अवसरमा  नौगड गाउँपालिकाका उपाध्यक्ष गौरी ठगुन्न ले गाउँपालिकाले विकास निर्माणका कार्यलाई प्राथमिकता दिई आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाएको बताउनु भयो ।  
योजना अनुगमन पछि मात्र उपभोक्ता समितिलाई योजनाको रकम भुक्तानी हुने गाउँपालिकाले बाध्यकारी नियम बनाएको हुँदा प्राविधिक सहितको अनुगमन समितिले अनुगमन गरेर प्रतिवेदन पेश गरेपछि मात्रै उपभोक्ता समितिले भुक्तानी पाउँने छन् । त्यसैले काम सही ढङ्गले होस् र बजेट ठीक ठाउँमा सही सदुपयोग होस् भनेर प्रत्येक योजनालाई छुट्टाछुट्टै अनुगमन गरिएको नौगाड गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र सिह गठुन्नाले बताउनु भयो । अनुगमनका क्रममा अधिकांश योजनाहरु स्टमेट भन्दा अझै बढी काम गरेको देखिएको योजना शाखा प्रमुख ठगुन्नाले बताउनु भयो । 
त्यस्तै, वडा नं। १र २ का विभिन्न विकासे योजनाहरुको अनुगमन गरीएको छ । दल्लेख सडक खण्डको काम सन्तोष जनक भइरहेको र छिपुलथान घोरेटो बाटोको निर्माण कार्य पनि सन्तोष जनक भइरहेको गाउँपलिका अध्यक्ष प्रेम सिह धामीले बताउनु भयो ।
अनुगमनको टोलीमा  नैगाड गाउँपालिकाका अध्यक्ष प्रेम सिह धामी,गाउँपालिका उपाध्यक्ष गौरी ठगुन्ना,गाउँपालिका प्राविधिकहरुको टोली योजना शाखाका प्रमुख सम्बधित वडाका  वडा अध्यक्ष लगायत जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।