नेपाल–भारत मैत्री विद्यालय भवन हस्तान्तरण 

५ बर्ष अघि

२0७५ फाल्गुन २५ शनिबार

नेपाल–भारत मैत्री विद्यालय भवन हस्तान्तरण 

दृष्टिकोण समाचार  दार्चुला 
दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द नमुना माविको भवनको एक कार्यक्रमका माझ नेपाल भारत मैत्री भवन हस्तान्त्रण गरिएको छ । 
भारतिय शाज दुताबासको आर्थिक सहयोग र नेपाल सरकारको प्राविधिक सहयोगमा निर्माण भएको १३ कक्षा कोठा एक हल र १८ शैचालय भएको भवन निर्माण पछि आज विद्यालयलाई हस्तानत्रण गरेका हुन । 


भारतिय राज दुतावासका कार्यक्रम संयोजक वेद प्रकास र जिल्ला समन्वय समिति प्रमुख विच हस्ताक्षर भई शनिबार विद्यालयलाई हस्तान्त्रण गरेका छन । कायक्रममा शुभकामना दिदै महाकाली नगरपालिका दार्चुलाका नगर प्रमुख हंष राज भट्टले भारतिय राजदुतावासले शिक्षा क्षेत्रको विकासमा सहयोग गरेकाले धन्यबाद समेत दिएका छन । भारत सरकारको २ करोड ८१ लाख २७हजार ५ सय ९ रुपयाँ र नेपाल सरकारको ३६ लाख ५६ हवार ५ सय ७६ रुपयाँको अर्थिक सहयोगमा २०७१ सल चैत्र महिनाबाट निमार्ण कार्य सम्पन्न भएपछि आज विद्यालयलाई हस्तान्त्रण गरेका हुन । कार्यक्रममा आफनो शुभकामना मन्तव्य दिदै भारतिय राजदुतावासका कार्यक्रम संयोजक वेद प्रकासले नेपालको विसकालागि भारत सरकार सदैव तयार रहेकाले आगामी दिनमा पनि शिक्ष क्षेत्रको विकासका लागि भारतिय दुताबास सदैव तयार रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको अध्यक्षता तथा भारतिय राज दुताबासका कार्यक्रम संयोजक बेद प्रकासको प्रमुख अतिथि र महाकाली नगरपालिका प्रमुख हंष राज भट्टको विष्टिआतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।