वैवाहिक जीवनमा बाँधिए दार्चुलाका प्रदेशसभा सदस्य बोहरा

५ बर्ष अघि

२0७५ फाल्गुन २५ शनिबार

वैवाहिक जीवनमा बाँधिए दार्चुलाका प्रदेशसभा सदस्य बोहरा

ललित सामन्त,फागुन २५ दार्चुला । दार्चुलाबाट निर्वार्चित प्रदश क्षेत्र नम्बर १ का सांसद गेल्बु सिह बोहराले ५१ वर्षको उमेरमा बैवाहिक जिवनमा बाधिएका छन् । विः स २०२४ सालमा दार्चुलाको व्यासँ गाउँपालिका वडा नम्बर १ मा जन्मिएका बोहराले उमेरको ५१ वर्ष पछि बैवाहिक जिवनमा बाधिएका छन् ।
 दार्चुला जिल्लाकै छोरी सुनिता तिंकरी संग बैवाहिबक बन्धनमा बाधिएका हुन सौका समुदायमा जन्मिएका प्रदेश सभा सदस्य बोहरा र तिंकरी आज कच्नपुरको भीमदत्त नगरपालिकाको तिलाचौरमाम रहेको विष्णे मन्दिरमा हिन्दु परम्परा अनुसार विवाह  हुने भएको छ ।  बर कन्याको परिवारिक सल्लाह अनुसार  आज बैवाहिक जिवमा बाधिएका हुन स्वः रायमल बोहरा र विराम देबी बोहराको कान्छो पुत्रका रुपमा २०२४ सालमा जन्मिएका बोहराका दुइ दाजु र दुइ बहिनी रहेका छन् । 
विः स २०७० साल देखि सक्रिय राजनितिमा आएका प्रदेश सभा सदस्य बोहरा दार्चुलाको क काट नेकपा एमाले तर्फबाट निर्वार्चित प्रदेश सभा सदस्य हुन । 
 तत्कालीन जिल्ला कमिटि दार्चुलाका सदस्य समेत रहेका बोहराले दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा अवस्थीत महेन्द्र नमुना माध्यमिक विद्यालय बाट कक्षा १२ सम्म मानविकी शिक्षा पढेका थिए  । बोहराले लामो समय सम्म उद्योग बाणिज्य संघमा पनि काम गरेका थिए ।