गाउँमा पहिलो पटक खानेपानी पुग्ने भएपछि धाराको पूजा गरियो

६ बर्ष अघि

२0७५ जेष्ठ २0 आईतवार

गाउँमा पहिलो पटक खानेपानी पुग्ने भएपछि धाराको पूजा गरियो

दृष्टीकोण समाचार, दार्चुला । गाउँमा पहिलो पटक खानेपानी पुग्ने भएपछि मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ रञ्चनी बस्तीका स्थानीयले धाराको पूजाआजा गर्दै हर्षित भएका छन् । बर्षाै देखि कुलोबाट ल्याइने फोहर पानी खाने दिन बन्द भएको खुसीमा त्यसक्षेत्रका स्थानीयले धाराकै पूजा गरेका हुन् । चालु आर्थिक बर्षमा मालिकार्जुन गाउँपालिकाको झण्डै ३ लाख रुपैँया र युएसएआइडी अन्तरगतको सिआरडिएस, सेवक नेपाल सेफवास दोश्रो कार्यक्रमको ८ लाख गरी एघार लाख रुपँैँयाको लागतमा गाउँमा खानेपानी पुग्न लागेको सेवक नेपाल सेफवास दोश्रो कार्यक्रमका जिल्ला प्राविधिक मोहनसिह धामीले जानकारी दिनुभयो ।  


३० घरधुरीका डेढ सय बढी जनसंख्या लाभान्वीत हुने रञ्चनी खानेपानी तथा सरसफाई योजना अन्तरगत ५ र १ घनमिटरका दुईवटा खानेपानी ट्याङ्की, ८ वटा खानेपानी धारा निर्माण भइरहेका छन् । उक्त योजनाको लागि १८ सय मिटर टाढा रहेको निङ्गलाडी मूहानबाट खानेपानी लगिएको छ । गाउँमा खानेपानी पुगेपछि कुलाको फोहर पानी खान बन्द भएको र सफा खानेपानी खान पाइने बारीमै विभिन्न तरकारी फलाउन पाइने तथा सरफाइ गर्न पनि सजिलो हुने भन्दै रञ्चनीका गणेशसिह बोहराले खुसी व्यक्त गरे ।