दार्चुलाको गल्फैमा टेक्टरको ठक्करबाट बालक घाइते 

५ बर्ष अघि

२0७५ फाल्गुन २५ शनिबार

दार्चुलाको गल्फैमा टेक्टरको ठक्करबाट बालक घाइते 

ललित सामन्त,फागुन २५ दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फैमा टेक्टरको ठक्करबाट एक जना बालक गम्भीर घाइते भउका छन् 
जिल्ला अस्पतालको पछाडिको पुरानो सडकमा दाउरा पुगाउने क्रममा से १ च ३९६१ नम्बरको टेक्टरले शनिवार दिउसो तिर ठक्कर दिदा ५ वर्षका निर्माण बुढोथोकी घाइते भएका छन् ।
 घाइते बुढाथोकीको जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचार पछि थप उपचारका लागि भारतको पिथौरागढ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहोराले जाानकारी दिनु भएको छ । घाइते बालको टाउको र पेटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।