घाइते दिपक धामीको धनगढी माया मेट्रो  अस्पतालमा उपचार हुदै 

५ बर्ष अघि

२0७५ फाल्गुन २५ शनिबार

घाइते दिपक धामीको धनगढी माया मेट्रो  अस्पतालमा उपचार हुदै 

ललित सामन्त,फागुन २५ दार्चुला ।  फगुन १७ गते राती ८ बजेतिर  दार्चुला तिंकर सडकअन्तर्गत राताकाठा भिरमा भएको जीप दुर्घटनाका घाइते जीपचालक दिपकसिह धामीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
जीपचालक धामीको दार्चुलामा उपचार सम्भब नभएपछि भारतको पिथौरागढ पठाइएको थियो । पिथौरागढमा समेत उपचार सम्भव नभएपछि १८ गते धनगढी ल्याएर माया मेट्रो अस्पतालमा उपचार भइरहको छ ।
खलंगाबाट हिकिला जानेक्रममा म १ ज २८० नम्बरको जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने जीपचालक धामी गम्भीर घाइते भएका थिए । धामीको दाहिने खुट्टा, टाउको र शरीरमा गम्भीर चोट लागेको छ । 
घाइते जीपचालक धामीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र होसमै रहेको बिरामी भेट्न अस्पतालमा पुगेका पत्रकार कमलराज जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार खुट्टाको शल्यक्रिर्या गरेर रड राखीएको छ । र कम्मर पनि भाचिएकाले खुट्टाको शल्यक्रिर्या गरिसकेपछि मात्रै कम्मरको उपचार हुने पनि पत्रकार कमल राज जोशीले जानकारी दिनु भएको छ ।