ट्रोसा कार्यक्रमको आयोजनामा नारी दिवस 

५ बर्ष अघि

२0७५ फाल्गुन २४ शुक्रबार

ट्रोसा कार्यक्रमको आयोजनामा नारी दिवस 

दृष्टिकोण समाचार, २४ फागुन दार्चुला । दक्षिण एसियाली सीमा नदिको पानीको सामुदायिक सदुपयोग(ट्रोसा) कार्यक्रमको आयोजनामा महाकाली नगरपालिका वडा नम्बर ८ सुरकाँडामा १ सय ९ औँ अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी मनाइएको छ । महाकाली नगरपालिका वडा नम्बर ८ मा गठित सुरकाँडा र काँकडा महिला शसक्तीकरण समूहमा आवद्ध महिलाहरुको सहभागितामा हाजिरी जवाफ, बक्तृत्वकला, डेउडा खेल, र कुर्सीदौड प्रतियोगिता सञ्चालन गरी नारी दिवस मनाइएको छ । 
विभिन्न प्रतियोगिताहरुमा नगद पुरुष्कार विवतरण गरिएको संकल्प दार्चुलाका लेखाअधिकृत सोभा अवस्थीले जानकारी दिनुभयो । महिला शसक्तिकरण समूहका पदाधिकारी र महाकाली नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । ट्रोसा कार्यक्रम अन्तरगत संकल्प दार्चुलाका लेखा अधिकृत सोभा अवस्थी, सामाजिक परिचालकहरु उमा कुवर र चन्द्रा सामन्तको उपस्थिति रहेको थियो ।