अन्तराष्ट्रिय नारी दिवस दार्चुलामा पनि विविध कार्यक्रम गरी मनाइयो

५ बर्ष अघि

२0७५ फाल्गुन २४ शुक्रबार

अन्तराष्ट्रिय नारी दिवस दार्चुलामा पनि विविध कार्यक्रम गरी मनाइयो

ललित सामन्त,फागुन २४ दार्चुला ।   आज १ सय ९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस दार्चुलामापनि विविध कार्यक्रम गरेर मनाएको छ ।  लौङगिक समानताका लागि सम्मान सोच र विचार समृद्धिको आधार भन्ने मुल नाराका साथ १ सय ९ औँ अन्तराष्ट्रिय नारी दिवस दार्चुलामा पनि मनाएको हो । 
 दार्चुलाको महाकाली गरपालिकाका उप उप्रमुख सुना बोहराको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको प्रमुख आर्थित्यता तथा जिल्ला न्यायदिश गिरी राज गौतमको विशिष्ट आर्थित्यतामा शुक्रबार महाकाली नगरपालिकाको वाड नम्बर ४ मा रहेको खुल्ला मञ्चमा घौटा फोड,चम्चा दौड,सडक नाटकका साथै अन्य  विविध कार्यक्रमगरी १सय ९ औँ अन्तराष्ट्रिय नारी दिवस मनाएको हो । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
 नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो ।  उतm दिनको सम्झनामा आज दार्चुला जिल्लाका विभिन्न स्थानमा नारी दिवस मनाएका छन् । कार्यक्रममा सरककारी तथा गैर सरकारी संघ संस्थाका जनप्रतिनिधिहरु सुरक्षा निकायका प्रमुखहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।