दिपेन्द्र धामी स्मिति खुल्ला पुरुष भलिबलको उपाधि शैल्यशिखरलाई 

५ बर्ष अघि

२0७५ फाल्गुन २३ बिहीबार

दिपेन्द्र धामी स्मिति खुल्ला पुरुष भलिबलको उपाधि शैल्यशिखरलाई 

ललित सामन्त,फागुन २३ दार्चुला । दिपेन्द्र धामी स्मिति प्रतिठान आयोजना गरेको खुल्ला पुरुष भालिबलको उपाधि शैल्यशिखर टिमले हात पारेका छ ।
 बुधबार बाट सुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि शैल्यशिखर नगरपालिकाको टिमले हात पारेको हो ।  दार्चुलाको शैल्यशिखर नगरपालिका वाड नम्बर ९ गाकेलेश्वरमा सञ्चालन भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताकाको  उपाधि शैल्यशिखर टिमले३-५ सेटले लालसलाम टिमलाई हराउदै भलिबल खेलको उपाधि जितेको दिपेन्द्र धामी प्रतिस्ठानका अध्यक्ष माधव धामीले बताए । 
दिपेन्द्र धामी प्रतिस्ठानले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम शैल्यशिखर भएको छ भने दुतिय लालसलाम भएको छ यस्तै तृतिय लेकम गाउँपालिकाको टिमले विजय सुरुवात गरेको पनि अध्यक्ष धामीले बताउनु भयो ।  प्रतियोगितामा प्रथम,दुतिय ,तृतिय हुने टिमलाई क्रमः ७१हजार १ सय ७१ रुपैँया,दुतियहुने टिमलाइ २१ हजार १सय २१ रुपैँया र तृतिय हुने टिमलाई ७ सहजार १ सय ७१ रुपैँया मेडल प्रमाण पत्र दिइएको छ । खुल्ला पुरुष भलिबल प्रतियोगितामा दार्चुलाका र बैतडीका  ९ वटा टिमको सहभागिता रहेको पनि आयोजकले जनाएको छ ।