महाशिवरात्री महोत्सवमा पाचँ लाख खर्च

५ बर्ष अघि

२0७५ फाल्गुन २३ बिहीबार

महाशिवरात्री महोत्सवमा पाचँ लाख खर्च

सुलोचना महता, फागुन २३ दार्चुला । दार्चुला सदरमुकाम खलंगामा महाकाली नगरपालिकाद्धारा पहिलो पटक आयोजना गरीएको महाशिवरात्री महोत्सवमा अनुमानित पाचँ लाख खर्च भएको छ । यहि फागुन २० गते देखि २१ गते सम्म लागेको महाशिवरात्री महोत्सवमा हाराहारी पाचँ लाख रुपैँया खर्च भएको महाकाली नगरपालिकाका प्रबक्ता पुष्करराज जोशीले जानकारी दिए ।

महाशिवरात्रीमा भगवान् शिवको पुजाआज गर्न तथा स्थानीय कला संस्कृतिको जर्गेना गर्नका आयोजना गरीएको महाशिवरात्री महोत्सवमा १० हजार भन्दा बढी दर्शनार्थीहरु सहभागी भएको महाकाली नगरपालिकाका प्रबक्ता जोशीले बताए । महोत्सवमा भगवान् शिवको पुजाआजा, राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुती, झाँकी प्रर्दशनी, विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको थियो ।