यी बालकलाई हामीले सहयोग नगरे कस्ले गर्ने ? ३ महिना देखि चितवन क्यान्सर अस्पतालमा

५ बर्ष अघि

२0७५ फाल्गुन २३ बिहीबार

यी बालकलाई हामीले सहयोग नगरे कस्ले गर्ने ? ३ महिना देखि चितवन क्यान्सर अस्पतालमा

ललित सामन्त,फागुुन २३ दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वाड नम्बर ६ निशिल बस्ने बुवा पदम बहादुर पाल र आमा बसन्ती पालको कोखबाट जन्मनु भएका हरिश पालको घाटीमा क्यान्सर भएर अहिले चितवन क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । विगत लामो समय देखि क्यान्सर बाट पिडित पालले अहिले उपचार खर्च नपाएर चितवन अस्पतालमा मरण र दोसाधमा छ । ६ वर्षका सानै हरिशको अहिले चितवन अस्पतालमा यस्तो अवस्थामा पुगेका छन् ।

हरिश पालका बुवा विगत लामो समय देखि ब्याङलोरमा गएका छन् उहाँकै उपचारको लागि बुवा पनि विदेशीनु परेको हरिशकी आमा बसन्ती पालले बताउनु भयो । हरिश पाल अहिले यु केजीमा पढिरहेको छन् । तर रोगले उनलाइ माया गरेपछि हरिस पाल उपचारका क्रममा क्यान्सर अस्पताल चितवनमा छन् ।विरामी परेको हरिशलार्ई पहिले जिल्ला अस्पताल दार्चुलामा लगिएको यहाँ पनि ढिक नभएपछि जिल्ला अस्पतालले पाललाई पिथौरागढ रिफर गरेको र पिथौरागढमा पनि उपचार सम्भव नभएपछि बरेली पढाएको र बरेली पनि राम्रो हुन नसके पछि बरेली बाट चितवन अस्पतालमा पढाएको र अहिले ३ महिना देखि सानो बालक चितवन अस्पतालमा रहेको छ ।

अहिले सम्म ४ लाख रुपैँया खर्च भइसकेको र डाक्टरहरुका अनुसार ८ लाख देखि १० लाख सम्म खर्च हुने बताएको र त्यति पैँसा आफुहरु संग नभएपछि सहयोगि हातहरु आगाडी बढाउन विरामीकी आमाले अपिल गर्नु भएकको छ । अहिले सम्म महाकाली नगरपालिकाले २५ हजार रुपैँया मात्रै सहयोग गरेको र महेन्द्र नमुना मावि खलंगाले आर्थिक सहयोग गर्छु भनेको र तर सहयोग नदिएको पिडित पालकी आमा बसन्ती पालले बताउनु भयो ।यो कस्तो बिडम्बना कस्तो बज्रपात यी ६ बर्षिय बालक माथी । आफ्नो सन्तान गुमाउनको पिडा कस्ले पो सहन सक्छ पिडित हरिश पालकी आमाले दुखेसो पेखेकी छिन ।