नारी दिवसको उपलक्ष्यमा पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उद्घाटन( फोटो फिचर )

५ बर्ष अघि

२0७५ फाल्गुन २३ बिहीबार

नारी दिवसको उपलक्ष्यमा पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उद्घाटन( फोटो फिचर )

ललित सामन्त फागुन २३ दार्चुला ।  दार्चुलाको मालिकार्जुन गाउँपालिकाकाे आयोजनमा  प्रथम वडा स्तरीय खुल्ला महिला भलिब प्रतियोगिताको उद्घाटन गरीएको छ । एक सय नौ अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा मालिकार्जुन गाउँपालिकाले महिला भलिबल प्रतियोगिता उद्घाटन गरेको हो । 
दार्चुलाकको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी अध्यक्षता एवं दार्चुला बाट निवार्चित प्रदेश सभा सदस्य मान बहादुर धामी सन्तोषको प्रमुख आर्थित्यतामा पालिका स्तरीय महिला खुल्ला भलिबल प्रतियोगिता उद्घाटन गरीएको हो । 
महिला भलिबल प्रतियोगितामा मालिकार्जुन गाउँपालिका भित्रका ८ वटै वडाहरु बाट महिला टोलीको सहभागिता रहेको छ । उतm प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद १५ हजार मेडल प्रमाण पत्र  दिइने यस्तै प्रतियोगितामा दोस्रो हुने टिमले १० हजार रुपैँया मेडल प्रमाण पत्र  पाउने छ । तृतिय हुने टिमले पनि ५ हजार रुपैँया  पुरुष्कारका साथै मेडल प्रमाण पत्र दिइने गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थीले बताउनु भयो । 
यस्तै प्रतियोगितामा  सान्तवना हुने टिमले पनि २ हजार रुपैँया सहित प्रमाण पत्र मेडल दिइने भएको छ ।  गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको फागुन २३ गते उद्घाटन गरी २४ गते मात्रै सम्पन हुने गाउँपालिकाले जनाएको छ ।  
खुल्ला महिला भलिबल प्रतियोगिता आज बाट सुरु भएर फागुन २४ गते मात्रै सम्पन हुने छ । कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामी मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीको सहभागिता रहेको छ । 
  महिलाहरु पनि खेलकुदकाके क्षेत्रमा अगाडी बढाउनको लागि पालिकाले यो प्रतियोगिता सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।