हिउँ फुलको उपत्यका ः विविधताकी अनाम घाटी व्यास 

६ बर्ष अघि

२0७५ जेष्ठ २0 आईतवार

हिउँ फुलको उपत्यका ः विविधताकी अनाम घाटी व्यास 

व्यास तपोभूमिका ब्याँसी एक प्रकृति पुत्र अति मेहनति,शिष्ट,मिलनशार,उदार एवंम समाजसेवी भावनाले ओतप्रोत ट्रान्स हिमालयमा वसोवास गर्ने व्यापारिक जाती हो जुन कुरा शौका जातीको ईतिहास र विभिन्न समयमा गरिएका शोध पुस्तकहरुले पुष्टि गरेको छ ।आफ्नो मौलिकता, ऐतिहासिक पृष्टभुमि र सांस्कृतिक पहिचान एवंम विरासत भएका आदिवासी जनजाति ब्याँसी शौका दार्चुलाको  व्यास गाविस र भारतको दारमा परगनामा आदिमकाल देखि बसोबास गर्दै आएका छन् । अपी हिमालको काखमा व्यास ऋषिको पवित्र तपोभूमिमा बसोबास गर्ने हुनाले ब्याँसी भनी चिनिएका शौका समुदायले ‘रं’ संस्कृति मान्ने गरेका छन् । विकट हिमाली क्षेत्रमा आदिमकाल देखि छरिएर रहेको सो समुदायको आर्थिक,सामाजिक,सास्कृतिक,ऐतिहासिक र राजनीतिक स्तर माथि उकास्नका लागि हाल सम्म नेपाल सरकार वाट केहि प्रयासहरु भएको देखिएको छैन। शौका जाती र व्यास  उपत्यकाको ईतिहासको विषयमा हाल सम्म नेपालमा कुनै किसिमको गहन अध्ययन अनुसन्धान भएको देखिदैन तथापी भारत सरकार,विभिन्न शोध कर्ता,पश्चिमा शोध कर्ताहरुले त्यहाँको प्राचिन ईतिहास र शौका जातीका विषयमा धेरै पुस्तकहरु लेखेका छन र शोध कार्य गरेका छन । विगत केहि वर्ष देखि व्यासी रं समाज ले आफ्नो संस्कृति परम्परा र विरासत जोगाउनको लागि विभिन्न कार्यहरु गर्दै आईरहेको छ । 
महान हिमालयको समुद्र सतहदेखि १२ हजार फिटको उचाइको उच्च व्यास घाटीमा भारत र तिव्वतको सिमामा आदीकाल देखि नै वसोवास गर्ने शौका जातीको विषयमा अहिले सम्म सरकार र शोध कर्ताको ध्यान कम गएको देखिन्छ  त्यसैले यिनिहरुको तिथिगत ईतिहासको न त ज्ञात हुन्छ न त यिनिहरु कहिले देखि यस पावन भुमिमा वसोवास गर्दै आएका हुन । प्राचिन ग्रन्थ,ऐतिहासिक एवंम पुरातात्विक प्रमाण,नृवंशिय खोज,भारतिय एवंम युरोपिय लेखक एवंम शोधकर्ताहरुले लेखेका खोजपुर्ण विवरणको आधारमा यस क्षेत्र र यहाँ वसोवास गर्ने शोका समुदायको वारेमा जानकारी उपलव्ध हुन्छ र दुर्गम यस हिमालि क्षेत्रमा वसोवास गर्ने शौका समुदायको जनजिवन,रहनसहन,भेषभुषा,भाषा संस्कृति,परम्परा रितिरिवाज,हिमालयन काष्टकला,ईतिहासको विषयमा महत्वपुर्ण विवरण प्राप्त हुन्छ ।
अदभुत हिमालि क्षेत्रमा वसोवास गर्ने यिन प्रकृति पुत्रको आर्थिक समाजिक एवंम सास्कृतिक जिवनमा यहाँको भौगोलिक पर्यावरणले सर्वाधिक प्रभाव पारेकोछ । यिनिहरुको कृषि व्यवसाय,पशुपालन,रहनसहन,भेषभुषा,खानपान तथा वास्तुकला सवै विशिष्ट छन । यहाँको भौगोलिक पर्यावरण ले नै यस क्षेत्रको एक विशिष्ट शौका संस्कृतिको सृजना गरेको छ । यो सास्कृतिक विरासत यति समृद्ध तथा परिपुष्ट छ कि सुदुपश्चिममा मात्र हैन अपितु नेपाल अधिराज्य मा नै विशिष्ट सास्कृतिक समुहकोरुपमा यसको विशिष्टता सदैव वनि रहने छ । शौका समुदाय नेपाल कैे सवैभन्दा निपुण,परिश्रमी,ईमानदार तथा अन्तरराष्ट्रिय ट्रान्स हिमालयन व्यापारी रहदै आएको छ । यिनिहरुको अन्तरराष्ट्रिय व्यापारको परिवेश असाधारण छ । यिनको व्यापार हिमालयको वारपार चल्दै आईरहेको छ जुन परिस्थितिमा यिनिहरु व्यापार गर्छन विश्वभरमा दोस्रो उदाहरण खोज्नु अत्यन्त कठिन हुन्छ । केहि महिना सम्म दुर्गम पहाडीपथ र हिमालि पथमा यात्रा गर्दै नेपाल भारत तिव्वत र तिव्वत नेपाल भारत हुदै विभिन्न गाउ वस्ति र व्यापारिक ठेगानाहरुमा  पुग्थे । हिमालयको दुर्गम क्षेत्रमा गरिने यो यात्रा एक प्रकारको विजय यात्रा हो । वर्तमान अवस्थामा यो व्यापार घट्दै गईरहेको छ किनकि नया पुस्ता पढे लेखेको वनेर विभिन्न सरकारी सेवा र जिविकोपार्जनका अन्य साधनको खोजीमा नेपालको विभिन्न कुनाकप्चा र विदेश तिर पलायन भई रहेका छन । यस परिवर्तनसिल समयमा निषिद्ध एवंम समाजिक नियन्त्रणका अन्य तरिकाको शिथिलताको कारणले व्यासका शौका समुदायको रितिरिवाज,भेषभुषा,परम्परा,चाडपर्व,संस्कृति एवंम हिमालयन काष्टकला,वास्तुकलामा विघटनको प्रभाव अनुभव गरि रहेका छन । शौका समुदायको अमुल्य सास्कृतिक धरोहर,परम्परा र हिमालयन काष्ट एवंम वास्तुकला वचाउनको लागि  स्थानिय एवंम राष्ट्रिय स्तर वाट पहल गर्नु पर्ने देखिन्छ ।
पर्यटनको क्षेत्रमा विशिष्ट पहिचान राख्ने दार्चुला जिल्लामा अहिले पनि अनगिन्ति पर्यटकिय स्थलहरु गुमनाम अध्यारोमा रहेका छन । दार्चुला जिल्लाको व्यास उपत्यका नेपालको पर्यटन मानचित्रमा सरकारी लापर्वाहिका कारण आफ्नो स्थान वनाउन असफल भएको छ । विभिन्न अध्ययन एवम अनुसन्धानकर्ताहरुले यस क्षेत्रमा ३१५ प्रजातिका फुलहरु पाईने दावी गरेका छन साथै यस क्षेत्रमा हिमालयमा पाईने वहुमुल्य विभिन्न प्रजातीका जडिवुटिहरु पनि पाईन्छन जसको लेखाजोखा हाल सम्म हुन सकेको छैन ।
व्यास उपत्यका आफैमा अलौकिक छ शौका जातीका विषयमा महाभारतमा यस्तो देखिएको छ


न शौका खा रणे जेतु तथा युक्त नरर्षर्भ। ।।ू । ( ((५९५ त्वद्धितार्थन्तु भ केण माथाकपहतकुण्डखः॥ विहीनकवचश्वाय छतः परपुरचयः। । ु ( ((( उत्लत्य कवच थखात् कुण्डले विमले च ते। प्रादाचक्क्राय कर्णी वै तस्मादैकतिनस् छतः। ( ( ( । श्राशीविष इव कुड्ड्रो जूकि 
 त्जभ ःबजāदजāचबतबस् बल भउष्अ उयझ, ख्यगिmभ द्द
 गाण्डोवमुद्याय भवौचक्रश्चाई सुदर्शर्न । ज शौका खा रणे जेतु तथा युक्त नरर्ष में । न्वद्धितार्थन्तु भ केण मायाकपचतकुण्डखः ॥ विहीनकवचश्वाय छत स् परपुरचथ स् । उत्लत्य कवच यरुआत कुण्डले विमख च ते । प्रादाचक्क्राय कर्णी वै तस्आदैकत्तिन 
 ऋयलतबष्लष्लन एबचत क्ष्ख्। ख्ष्चáत एबचखब। ख्। ग्मवóनब एबचखब। ख्क्ष्। ।।। 
शौका जाती र व्यास उपत्यका विषयमा धेरै पुस्तकहरु लेखिएका छन जस मध्ये स्वामी प्रणवानन्द,शिव प्रशाद डवराल,रतन सिह रायपा,पदमा गव्र्याल,गगोंत्रि गव्र्याल,चाल्र्स ए सेयरिडं, र १९३९ मा द थ्रन अफ द गड भन्ने पुस्तकमा स्विस भुगर्भशास्त्रि आरनोल्ड हाईम अगष्ट गेन्सरले व्यास उपत्यका लाई हिमालयको स्विजरल्याण्ड भनेर व्याख्या गरेका छन । व्यास उपत्यकाम रहेको ऐतिहासि राखु गुफा मानव सभ्यता केन्दको रुपमा राखिएको छ । शौका जाती भन्दा पहिला व्यासमा वसोवास गर्ने राखुहरु साह्ै समिद्ध र सभ्य थिए भन्ने कुरा स्विहरुले लेखेका छन उनिहरुले यस गुफा लाइृ मृत्यु गुफा भनेर लेखेका छन जहा राखु समुदायको अन्त भएको थियो । अहिले सम्म यो गुफाको विषयमा कुने अध्ययन अनुसन्धान भएको छैन । व्यास उपत्यका हिन्दु र वौद्धहरुको पवित्र धामिृक स्थल कैलास मानसवोरको प्रवेश द्धारा,जैविविधताको राजधानी,एक मानव सभ्यताको अन्त भएको ऐतिहासिक राखु गुफा,उत्कृष्ट हिमालय काष्ट एवंम वास्तुकलाको नमुना,फुलों कि अनाम घाटी,व्यास अपि र नाम्पा हिमालको काखमा अवस्थित उपत्यका, एक आफ्नै भेषभुषा,रहनसहन,भाषा संस्कृती,कृषि र पशुपालन भएको यस क्षेत्र लाई खुला संगा्रहलयको रुपमा विकास गरिनु पर्छ नत्र अहिलकोे अवस्थामा त्यहाँ निर्माण गरिने आधुनिक घरहरु र वर्तमान जलवायु परिवर्तनको कारणले गर्दा त्यहाँको प्राचिन काष्टकला एवंम प्रकृतिक पर्यावरिणय शौन्दर्यता लोप हुदै जाने देखिन्छ व्यास उपत्यकाको शौन्दर्यता ईतिहासमा नै सिमित हुने छ ।लेखक, प्रकाश चन्द्र मिश्र, 
मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर पस्ती स्थायी ठेगाना भएका मिश्र विगत दुई दशक बढी समयदेखि सामाजिक अध्ययनकर्ता हुन् ।