थालिगाडमा शव स्टेशन नबन्दा दार्चुला जिल्ला नै भारतीय विद्युतको भरमा चल्दै  (फोटो फिचर )

५ बर्ष अघि

२0७५ फाल्गुन २३ बिहीबार

थालिगाडमा शव स्टेशन नबन्दा दार्चुला जिल्ला नै भारतीय विद्युतको भरमा चल्दै  (फोटो फिचर )

ललित सामन्त,फागुन २३ दार्चुला । दार्चुलाको महाककाली नगरपालिका वाड नम्बर ७ मा पर्ने थालिगाडमा शव स्टेशन नबन्दा दार्चुला जिल्ला नै अहिले पनि भारतीय विद्युतको भरमा चलिरहेको छ ।

विगत लामो समय देखि थालिगाडमा निर्माणधिन अवस्थामा रहेको थालिगाडमा शव स्टेशन नबन्दा दार्चुलाबासिहरुले भारतीय विद्युतको भरमा टेकी रहेका छन् । साना–ठूला जलविद्युत् आयोजनाले विद्युत्त उत्पादन गरिरहेका भए पनि दार्चुला अझै पनि भारतीय विद्युत्तको भरमा छ । 
सदरमुकाम खलङ्गा मात्र होइन, ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको विद्युतले उज्यालो दिएको छ ।भारतमा बत्ती जाने बित्तिकै जिल्लाको अधिकांश भू–भागका नागरिकले अन्धकारमा बस्नु परेको छ ।जिल्लाको चमेलिया नदीबाट ३० मेगावाट, अपर नौगाडबाट साढे आठ मेगावाट, २५० किलोवाट डुङुरीलगायत सयौँ किलोवाटका ग्रामीण लघुजल विद्युत् जिल्लामा उत्पादन भएका छन् तर अहिले पनि भारतको तीन ठाउँबाट ८०० किलोवाट विद्युत् दार्चुलाको लागि ल्याइएको छ ।
जिल्ला सदरमुकामसहित आसपासका क्षेत्रको लागि भन्दै लेकमको लालीबाट १०० किलोवाट, व्यासको हुतीबाट १०० किलोवाट र मालिकार्जुन गाउँपालिकाको सीमा क्षेत्र जौलजीवी भएर ६०० किलोवाट जलविद्युत् ल्याइएको छ ।हाल नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले डुङुरीमा उत्पादित विद्युत् मात्रै सदरमुकाम खलङ्गा आसपासमा उपलब्ध गराएको छ । त्योबाहेक थप विद्युत् भारतबाटै आयात गरेर वितरण गर्नुपरेको वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहले बताए । 
जिल्लाबाट उत्पादित विद्युत्ले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा विद्युत् भार कटौतीमुक्त गरिरहेको बेला जिल्लामा नै उत्पादन भएको विद्युतले जिल्ला नै अर्काको भरमा बबाचिरहेको छ ।

 शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिका सीमा क्षेत्र बरमुडे क्षेत्रमा सामुदायिक वन क्षेत्रको कारण प्रसारण लाइन ल्याउने क्रममा अवरोध   भएता पनि अहिले त्यसको विरोधलाई आफु नै गएर समाधान गरेको दार्चुला बाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाको भनाइ रहेको छ । उनका अनुसार “झण्डै पौने एक किलोमिटर क्षेत्रमा सामुदायिक वन पर्छ । अन्य क्षेत्रमा विद्युत्को प्रसारण लाइन जोडिएको छ । बरमुडे क्षेत्रको सामुदायिक वनको विवाद सकिएको छ  ”उहाँले भन्नु भयो  । 
राष्ट्रिय प्रसारणको  लाइन यो आर्थिक वर्षमा जिल्ला सदरमुकाम क्षेत्रमा पुग्ने  नेपाल विद्युत प्राधिकरण दार्चुला प्रमुख  दया राम शाहले बताए । जिल्लामा विद्युत्त भारतीय क्षेत्रबाट ल्याउनुपर्दा महँगो पर्नुको साथै वार्षिक करोडौँ रुपैयाँ भारतमा जाने गरेको छ ।

 यसलाई कम गर्नेको लागि भने दार्चुला बाट निर्वार्चित सांसद ठगुन्नाकाले  बंङलादेश संग समान मगाउने  काम भइरहेको र विद्युत प्राधिकरणको टोली गएर अवलोकन गरी सकेको र यो आर्थिक वर्षमा थालिगाड स्थित शव स्टेशन बन्ने निर्वार्चित सांसद ठगुन्नाको भनाइ रहेको छ । यस्तै उहाँले अन्य ठाउँमा पनि शब स्टेशन बनाउनु लागि पनि आफुले पहिल गरी रहेको बताएका छन् ।