पालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षा फागुन २७ देखि सञ्चालन हुने

५ बर्ष अघि

२0७५ फाल्गुन २२ बुधबार

पालिका स्तरीय कक्षा ८ को  वार्षिक  परीक्षा  फागुन २७ देखि सञ्चालन हुने

ललित सामन्त,फागुन २२ दार्चुला ।  दार्चुलाका नौ वटै स्थानीय तहमा अगामी फागुन २७ गते बाट ८ को  वार्षिक  परीक्षा   सञ्चालन हुने भएको छ । गाउँपालिका तथा नगरपालिका स्तरीय कक्षा ८ को परीक्षा फागुन २७ गतेदेखि सञ्चालन गरिने भएको छ । आधारभूत तह कक्षा ८ को शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जय राज पन्तले बताउनु भयो । 
कक्षा ८ को गाउँपालिका तथा नगरपालिका स्तरीय परीक्षा फागुन २७ गतेदेखि सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । फागुन २७ गतेदेखि सञ्चालन  गर्ने तयारीका साथ प्रश्नपत्रहरु निर्माण गरि विद्यालयहरुमा पठाउन थालिएको छ । यस्तै परीक्षाको सुपरिबेक्षण, सञ्चालन तथा केन्द्राध्यक्ष नियुक्त गर्ने र केन्द्र निर्धारण गर्ने जिम्मेवारी भने स्थानीय तहलाई दिइएको छ ।

परीक्षाका लागि स्थानीय तहका प्रमुखहरुसंगको छलफल पश्चात् प्रश्न पत्रहरु समेत   तयार पारेको समन्वय इकाई प्रमुख जयराज पन्तले बताउनु भयो । जिल्लाभरी नै प्रश्न पत्रमा एकरुपता ल्याउन प्रश्न पत्र जिल्ला स्तरबाटै निर्माण गरिएको उहाँको भनाई छ । यस्तै परीक्षाको सुपरिबेक्षण, सञ्चालन तथा केन्द्राध्यक्ष नियुक्त गर्ने र केन्द्र निर्धारण गर्ने जिम्मेवारी भने स्थानीय तहलाई  दिएको  शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।