जिल्लाको खेलक्षेत्रको  बिकासका लागि दिपेन्द्र धामी प्रतिस्ठानको  भुमिका महत्त्वपूर्ण रहेको प्रदेश सांसद धामीको भनाइ

५ बर्ष अघि

२0७५ फाल्गुन २२ बुधबार

जिल्लाको खेलक्षेत्रको  बिकासका लागि दिपेन्द्र धामी प्रतिस्ठानको  भुमिका महत्त्वपूर्ण रहेको प्रदेश सांसद धामीको भनाइ

राम सिह धामी , फागुन २२ दार्चुला । दार्चुला जिल्लाको खेल क्षेत्रको विकासका लागि दिपेन्द्र सिह धामीको भुमिका महत्वपुर्ण रहेको दार्चुला बाट  निर्वार्चित प्रदेश क्षेत्र नम्बर २ का सांसद मान बहादुर धामीले बताएका छन् ।
 बुधबार जिल्लाको ठुलो बजार गोकुलेश्वरमा आयोजना गरेको दिपेन्द्र स्मिति प्रतिठानको उद्घाटन गर्दे सांसद धामीले यस्तो बताएका हुन ।
 यस्तै उहाँले दिपेन्द्र धामी जिल्लामा मात्रै नभइ प्रदेश र केन्द्र सम्म दिपेन्द्र धामीको संस्थामा विकास गर्नुपर्ने बताएका छन् ।
 कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष माधव धामीले  धामीले स्वगीय धामी सानैदेखि खेल क्षेत्रमा रुचि देखाउने भएकाले उहाँको सपना सकारका लागि उहाँको नाम बाट खोलीएको संस्थाले खेलकुदको क्षेत्रमा काम गरीरहेको बताएका छन् उहाँकै सम्झनाको लागि महाशिवरात्री र नारी दिवसको अवसर पारी सुदुरपश्चिम प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सन्चालन गरीएको पनि आयोजकले जनाएको छ ।  । प्रतियोगितामा जम्मा ९ वटा टिमको सहभागिता रहेको छ ।  ।