दुई दिने गाउँपालिका स्तरीय स्वास्थ्य शिविर सम्पन 

५ बर्ष अघि

२0७५ फाल्गुन २२ बुधबार

दुई दिने गाउँपालिका स्तरीय स्वास्थ्य शिविर सम्पन 

 ललित सामन्त,फागुन २२ दार्चुला ।   कोहलपुर मिडिकल कलेज र हिमाल डेन्टल हस्पिटल धनगढी को प्राविधिक सहयोग र सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देसनालय राजपुर डोटी को आयोजनामा  दार्चुलाको नौगाड गाउँपालिकामा स्वास्थ्य शिविर सन्चालन गरिएको दुइ दिने गाउँपालिका स्तरीय स्वास्थ्य शिवीर बुधबार सम्पन भएको छ ।

 नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीको अध्यक्षता एवं दार्चुला बाट निर्वार्चित प्रदेश क्षेत्र नम्बर २ का सांसद मान बहादुर धामी सन्तोषको प्रमुख आर्थित्यता तथा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको विशिष्ट आर्थित्यतामा उद्घाटन गरीएको स्वास्थ्य शिविर बुधबार सम्पन भएको  नौगाड गाउँपालिका योजना शाखाका प्रमुख नरेन्द्र सिह ठगुन्नाले बताउनु भयो ।
पहिलो दिनमै पुरुष १ सय छ  र महिला ४ सय ५५ गरी जम्मा ५ सय ६१ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् । भने दोस्रो दिन पनि महिला ८ सय १९ जना र पुरुष २ सय ३६ जना गरी जम्मा १ हजार ५५ जनाले निशुल्क स्वास्थ्य परीक्षण गरेको  नौगाड गाउँपालिका योजना शाखा प्रमुख  नेरेन्द्र सिह ठगुन्नाले जानकारी दिनु भएको  छ ।