नारी दिवसको उपलक्ष्यमा मालिकार्जुन पालिका स्तरीय महिला भलिबल प्रतियोगिता सञ्चालन हुने  

५ बर्ष अघि

२0७५ फाल्गुन २२ बुधबार

नारी दिवसको उपलक्ष्यमा मालिकार्जुन पालिका स्तरीय महिला भलिबल प्रतियोगिता सञ्चालन हुने  

ललित सामन्त,फागुन २२ दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगितामा  सन्चालन हुने भएको छ । 
एक सय पाचौँ अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा दार्चुलाको मालिकार्जुन गाउँपालिकाले पालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन गर्ने  भएको हो  ।
 मालिकार्जुन गाउँपालिका भित्रका ८ वटै वडाहरु बाट महिला खेलाडीहरुले भलिबल प्रतियोगितामा भाग लिने भएका छन् ।
 उतm प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद १५ हजार मेडल प्रमाण पत्र  दिइने यस्तै प्रतियोगितामा दोस्रो हुने टिमले १० हजार रुपैँया मेडल प्रमाण पत्र  पाउने छ । तृतिय हुने टिमले पनि ५ हजार रुपैँया  पुरुष्कारका साथै मेडल प्रमाण पत्र दिइने गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थीले बताउनु भयो । 
यस्तै प्रतियोगितामा  सान्तवना हुने टिमले पनि २ हजार रुपैँया सहित प्रमाण पत्र मेडल दिइने भएको छ ।  गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको फागुन २३ गते उद्घाटन गरी २४ गते मात्रै सम्पन हुने गाउँपालिकाले जनाएको छ ।