क्षेत्रीय महिला खेलाडीहरुलाई दार्चुलाले गर्यो विदाई 

५ बर्ष अघि

२0७५ फाल्गुन २२ बुधबार

क्षेत्रीय महिला खेलाडीहरुलाई दार्चुलाले गर्यो विदाई 

 ललित सामन्त,फागुन २१ दार्चुला । क्षेत्रीय महिला खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले मंगलबार एक कार्यक्रम गरी विदाई गरेको छ । बझाङमा हुन गइरहेको क्षेत्रीय महिला भलिबल प्रतियोगिताकका लागि  सुदुरपश्चिमका नौ वटै जिल्लाबाट सहभागिता जनाउने भएपछि दार्चुला बाट पनि महिला भलिबल खेलाडी टोली बझाङ प्रस्तान गरेको जिल्ला खेलकुखद विकास समितिका अध्यक्ष नारायण दयालले बताउनु भयो ।
 महिला भलिवब प्रतियोगिता यहि फागुन २३ गतेदेखी बझाङ जिल्लामा सञ्चालन हुने छ । बझाङमा हुने महिला भलिवलको क्षेत्रीय छनोट । राष्ट्रिय खेलकुदको पुर्वसन्ध्यामा प्रदेश स्तरीय छनोट चरणका खेलहरु बिधा अनुसार बिभिन्न जिल्लामा सञ्चालन भइरहेको सुदूरपश्चिमाञ्चल खेलकुद बिकास समिति सदस्य नितेस रिमालले बताउँनुभयो । क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता दार्चुलामा सम्पन भएको छ । भने क्षेत्रीय पुरुष भलिबलको उपाधि बैतडीले हात पारेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।