दुई दिने गाउँपालिका स्तरयि स्वास्थ  शिविर सन्चालन 

५ बर्ष अघि

२0७५ फाल्गुन २१ मंगलवार

दुई  दिने गाउँपालिका स्तरयि स्वास्थ  शिविर सन्चालन 

ललित सामन्त,फागुन २१ दार्चुला ।   कोहलपुर मिडिकल कलेज र हिमाल डेन्टल हस्पिटल धनगढी को प्राविधिक सहयोग र सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देसनालय राजपुर डोटी को आयोजनामा  दार्चुलाको नौगाड गाउँपालिकामा स्वास्थ्य शिविर सन्चालन गरिएको छ । नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीको अध्यक्षता एवं दार्चुला बाट निर्वार्चित प्रदेश क्षेत्र नम्बर २ का सांसद मान बहादुर धामी सन्तोषको प्रमुख आर्थित्यता तथा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको विशिष्ट आर्थित्यतामा जिल्लाको नौगाड गाउँपालिकामा स्वास्थ्य शिविर सन्चालन गरिएको नौगाड गाउँपालिका योजना शाखाका प्रमुख नरेन्द्र सिह ठगुन्नाले बताउनु भयो ।

स्वास्थ्य शिविरमा पाठेघर खस्ने, महिलाहरुको तल्लो पेट दुख्ने द्धन्द रोगीका विरामीहरु,लगायत विभिन्न रोगहरुको  स्वास्थ्य शिविरमा उपचार हुने आयोजकले जनाएको छ ।  पहिलो दिनमै पुरुष १ सय छ  र महिला ४ सय ५५ गरी जम्मा ५ सय ६१ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् । यस्तै शिविरमा १ सय भन्दा वढिले योगशिविर पनि गरेको नौगाड गाउँपालिका योजना शाखा प्रमुख  नेरेन्द्र सिह ठगुन्नाले जानकारी दिनु भएको  छ । उतm शिविर फागुन २२ सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ