क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता सम्पन, उपाधि बैतडीलाई 

५ बर्ष अघि

२0७५ फाल्गुन २१ मंगलवार

क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता सम्पन, उपाधि बैतडीलाई 

ललित सामन्त,फागुन २१ दार्चुला । क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता सम्पन भएको छ । दार्चुलामा  भएको सुदुरपश्चिम  क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिवल संघ बैतडीले जितेको छ ।
जिल्ला खेलकुद विकास समिति दार्चुलाको आयोजना तथा सुदुरपश्चिम भलिबल आयोजनाको  आर्थिक सहयोगमा यहि फागुन १७ गते बाट सुरु भएको क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बैतडीले हात पारेको हो । जिल्ला खेलकुद विकास समिति दार्चुलाको आयोजना तथा सुदुरपश्चिम भलिबल आयोजनाको  आर्थिक सहयोगमा  आयोजना गरेको फाइनलमा साविक विजेता डोटीलाई ३ —२ को सेटले पराजित गदैँ बैतडीले उपाधि उचालेको हो । 
यस्तै सुदुरपश्चिम क्षेत्रीय पुरुष भलिबलको दोस्रो उपाधि डोटीले हात पारेको छ । भने तृतीय स्थान डडेल्धुरा र बझाङले उपाधि हात पारेका हुन उपाधि विजेतालाई मेडल र प्रमाणप्रत्र दिएर सम्मान गरेका छन् । यस्तै  अन्य दार्चुला,कन्चपुर,कैलाली,अछाम र बाजुरा प्रतियोगिता बाट बाहिरीएका छन् । १७ वर्ष पश्चात् पहिलो पटक दार्चुलामा आयोजना गरिएको प्रदेश स्तरीय प्रतियोगिता हेर्ने दर्शकहरुको ठुलो भीड देखिएको थियो । सुरुका दिन समेत प्रतियोगिता हेर्नेहरुको ठुलो संख्या देखिएकोमा प्रतियोगिता फाईनल खेलमा अन्य दिनहरुको तुलनामा झन् बढी दर्शकहरुको सहभागिता देखिएको थियो ।
सुदूरपश्चिमाञ्चल खेलकुद विकास समितिका सदस्य एवं प्रदेश स्तरीय भलिबल प्रतियोगिताका संयोजक नितेश रिमालको अध्यक्षतामा भएको समापन कार्यक्रममा महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्ट प्रमुख अतिथि रहनु भएको थियो । बैतडी खेलकुद विकास समितिका अध्यक्ष चमन भण्डारी, नौ ओटै जिल्लाका खेलकुद विकास समिति अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता तथा   सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।  ।