दृष्टीकोण समाचार दार्चुला । सबैले शिक्षा नै जिवनको आधार हो भन्ने गर्छन् । नेपाल सरकारले पनि माध्यमिक तह सम्मको शिक्षालाई सबैका लागि शिक्षा भन्ने मर्मका साथ निशुल्क गरेको छ । सरकारी र निजी शिक्षाको दुरी पछिल्लो समय निकै टाढा पुगी सकेको छ । २१ औँ शाताब्दीको समयमा शिक्षाको अवस्था बुझ्नै नसकिने गरी विकास भईरहेको । सरकारले एकातीर संस्थागत विद्यालयहरु खोल्ने अनुमती दिएको छ भने अर्को तर्फ सामुदायिक विद्यालयहरुको नियमन र गुणस्तरमा सुधार गर्न सकेको छैन । भनाई र गराईमा निकै फरक पाइन्छ ।
शिक्षाको व्यापार कुन हद सम्म ठिक होला ? यो प्रश्नको जवाफ पाउनका लागि मालिकार्जुन गाउँपालिकाको केन्द्र रहेको शंकरपुर पस्तीमा गएपछि आफै थाहा पाउन सक्नु हुनेछ । गाउँपालिका कार्यालयबाट सय मिटरको दुरीमा शैल्यशिखर बोर्डिङ स्कुलका नाममा शिक्षाको उदाङ्गो रुप देख्न पाइन्छ । गाउँपालिकाको कार्यालयबाट ५० मिटरको दुरीमा शंकरपुर मावि पस्तीको विद्यालय भवन रहेको छ । त्यही विद्यायको छेउमा लगभग १० मिटरको दुरीमा शैल्यशिखर बोर्डिङ स्कुलको साइनबोर्ड राखेर जस्तापाताहरुबाट बनेको एउटा झुपडी छ । उक्त स्कुलको अवस्था हेर्ने हो भने कुन आधारमा त्यो क्षेत्रमा विद्यालय स्थापनाका लागि अनुमती कसले दिएको हो त्यो कुरा खुलासा हुनु जरुरी छ ।
२०६५÷६६ सालतीर तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट सम्बन्धन लिएर नर्सरी देखि ५ कक्षा सम्मको शिक्षा प्रदान गर्ने विद्यालयले अनुमती लिएको थियो । सुरुमा पक्की भवनबाटै विद्यालय सञ्चालनमा रहेको बुझीएको छ । पछि कुन कारणले विद्यालयको हालत यस्तो भयो त्यो सञ्चालकहरुलाई मात्र थाहा छ । विद्यालयमा अहिले झण्डै ८५÷९० जना विद्यार्थीहरु छन् ।
यसको बारेमा मालिकार्जुन गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र ओझालाई बुझ्दा आफुले पटक—पटक विद्यालयको अवस्था सुधार गर्न निर्देशन दिएको बताए । तर शिक्षा नीति र नियमन गर्ने निकायको समेत बेवास्ता गर्दै सञ्चालनमा रहेको उक्त विद्यालयले जग्गा भाडामा लिएर खेतको डिलमा जस्तापाताको कटेज बनाएर विद्यार्थीहरुलाई जनावर जस्तै गोठमा हुलेको छ । बाँकी तस्बीरबाट