दिपेन्द्र शाही दार्चुलाको डिएसपी भएर आउने 

५ बर्ष अघि

२0७५ फाल्गुन २0 सोमबार

दिपेन्द्र शाही दार्चुलाको डिएसपी भएर आउने 

ललित सामन्त,फागुन २० दार्चुला । दार्चुलाको डिएसपी भएर  दिपेन्द्र शाही दार्चुला आउने भएका छन ।  दिपेन्द्र शाही धनुषा इन्चार्ज बाट जिल्ला प्रहरी कार्यालय दार्चुलामा भने प्रहरी प्रमुखको रुपमा  आउन लागेको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताउनु भयो । 
 प्रहरी प्रमुखको रुपमा भेषराज रिजाल दार्चुला आउने भनिएता पनि रिजालको पुनः साबिककै दरबन्दीमा पठाइएका कारण उहाँको ठाउँमा शाहीलाई दार्चुलाको प्रहरी प्रमुखको रुपमा दार्चुृला पठाएको पनि प्रहरी निरीक्षक कठायतले जानकारी दिनु भएको छ । 
सोमबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीमा उनको ठाउँमा डीएसपी दिपेन्द्र शाहीलाई पठाइएको छ । यसअघि डिएसपी नवराज अधिकारीले जिल्लाको नेतृत्व गरेका थिए ।
उनको एसपीमा बढुवा भएसंगै उनि जिल्ला बाट बाहिरिएका हुन । अहिले दार्चुलामा प्रहरी नायब उपरीक्षक रिक्त रहेको छ । त्यसको जिम्मेवारी प्रहरी निरीक्षक रविन्द्र कठायतले सम्हालेका छ्न ।
रिजाल यसअघि २८ माघमा महानगरीय प्रहरी पहरागञ्ज, सामाखुशीबाट दार्चुला सरुवा भएका थिए ।