स्वस्थ्य नागरिक निर्माणका लागि योग शिविर सञ्चालन

५ बर्ष अघि

२0७५ फाल्गुन २0 सोमबार

स्वस्थ्य नागरिक निर्माणका लागि योग शिविर सञ्चालन

दृष्टिकोण समाचार फागुन २० दार्चुला  । जिल्ला सदरमुकाममा सोमबार बाट योग शिविर सञ्चालन गरिएको छ ।
योगबाट समाजलाई निरोगी पार्न सकिने भएकाले दार्चुला जिल्लामा पनि पतञ्जली योग समितिको निर्देशन र जिल्ला योग समिति दार्चुलाको आयोजनामा आज बात योग शिविर सञ्चालन गरिएको हो ।
योग शिक्षा दिनको लागि पतञ्जली योग समिति नेपालका अध्यक्ष लवदेब मिश्रले समाझ सुधारका लागि र समाजमा केही परिवर्तन गरेर देखाउन योग अतिनै आवश्यक रहेको बताउनु भयो । 
हरेक नेपाली  स्वस्थय रहनको लागि योग गर्नु आवश्यक रहेकाले शिक्षा , स्वास्थ्य, लगाय सबै क्षेत्रमा योग शिक्षा मार्फत ज्ञान दिनु आजको आवश्यक्ता रहेकाले दार्चुला जिल्लामा पनि योग शिविरको आयोजना गरिएको जिल्ला योग समिति दार्चुलाका अध्यक्ष हिरा सिह धामीले बताउनु भयो ।
योग शिक्षा दार्चुला जिल्ला मा मात्रै नभई देशभरीमा लागु गर्न सके सबै नेपाली नागरिक स्वस्थ्य बनाउन सकिने अध्यक्ष धामीले बताउनु भयो ।