जिल्लाका विभिन्न स्थानमा शिवरात्री मेला सुरु

५ बर्ष अघि

२0७५ फाल्गुन २0 सोमबार

जिल्लाका विभिन्न स्थानमा शिवरात्री मेला सुरु

ललित सामन्त,फागुन २० दार्चुला । दार्चुला जिल्लाको विभिन्न स्थानमा आज शिवरात्री मेला सुरु भएको छ ।   यसैविच  जिल्लाको दोस्रो ढुुलो वजारको रुपमा रहेको गोकुलेश्वरमा महोत्सव लागेको र शिवको मन्दिरमा विहानै देखि पुजा आजा गर्ने भक्तmजनहरुको घुइचो लागेको शैल्यशिखर नगरपालिका उप प्रमुख राजमति पालले बताउनु भयो । यस्तै   
दार्चुलाको मालिककार्जुन गाउँपालिका वाड नम्बर ८ शंकरपुरमा रहेको शिवमन्दिरमा पनि  विहानै देखि पुजा गर्ने भतmजनहरुको भिड लागेको शंकरपुर मावि पस्तीका शिक्षक मदन सिह धामीले बताउनुु भयो । दार्चुलाका नौ वटै स्थानीय तहका विभिन्न स्थानका शिव मन्दिरहरुमा मेला सुरुभएको छ ।  
दार्चुला जिल्लामा रहेका विभिन्न विद्यालयहरुले शिव र पार्वतीको भेषभेषामा कला पर्दशनी गरेका छन् भने विभिन्न स्थानमा कृषि जन्य बस्तुहरुको प्रदर्शनी गरिएको छ । सोही पर्वका अवसरमा दार्चुलाको गोकुलेश्वर र खलंगामा महोत्सवको आयोजन गरिएको छ ।खलंगामा आयोजित उक्त होत्सवको आयोजनामा विभिन्न समुदायका भेषभुषा, संस्कृति झल्किने खालका प्रदर्शनी गरिएको थियो भने कृर्षि सामग्रीहरु पनि प्रदर्शनीमा राखिएको थियो । साथै विभिन्न सांस्कृतिक क्रियाकलापहरु पनि प्रदर्शनी गरिएको थियो ।त्यसैगरी जिल्लाका विभिन्न स्थानहरुमा पनि शिवरात्री मेला मनाइएको छ । व्याँस गाउँपालिका वडा नम्बर ३ सिनामा रहेको सिद्धरानिथानमा धुमधामका साथ शिवरात्री मेला मनाइएको छ । हरेक वर्ष आयोजना गरिने मेला यो वर्षपनि विभिन्न कार्यक्रमको आयोजना गरि मेला मनाइएको  हाम्रा सहकर्मी सर्मिला धामीले बताएका छन् । 

महाकाली नगरपालीका र सहित्य समिज दार्चुलाको आयोगनामा सोमबार  शिवरात्री पर्व जिल्ला सदरमुकाम विभिद्ध कार्यक्रमका साँथ मनाएका छन् । 
महाकाली नगरपालीकाका उप प्रमुख सोना बोहराको अध्यक्षता तथा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्कीको प्रमुख अतिथ्यतामा जिल्ला सर्दमुकाममा विभिन्न झँकि प्रदर्शन तथा स्थानीय कलाकारहरुको बेजोर प्रस्तुतिका साँथ पहिलो पटक महाकाली नगरपालीकाको आयोजनामा शिवरात्री मेला सञ्चालन भइरहेको छ ।