नेकपाको सरकाले लोकप्रिय कार्यक्रम लिएर जनता समक्ष आएको प्रदेश सांसद धामीको भनाई

५ बर्ष अघि

२0७५ फाल्गुन २0 सोमबार

नेकपाको सरकाले लोकप्रिय कार्यक्रम लिएर जनता समक्ष आएको प्रदेश सांसद धामीको भनाई

ललित सामन्त, फागुन २० दार्चुला । दार्चुला बाट निर्वार्चित प्रदेश क्षेत्र नम्बर २ का सांसद मान बहादुर धामी सन्तोषले नेकपाको सरकारले लोकप्रिय कार्यक्रमहरु लिएर जनता समक्ष आएको बताएका छन् ।
 स्वास्थ्य विमा कार्यक्रम शुभारम्भको उद्घाटन गदै प्रदेश सांसद धामीले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम चैत १ गते बाट देशका ७ सय ५३ ओटै स्यानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्ने लागेको उनले बताएका छन् । यस्तै उहाँले काम पनि नभएका, रोजगारीको अवसर समेत नपाएकालाई सकेसम्म न्यूनतम रोजगारीको प्रत्याभूत गर्ने, रोजगारी दिन नसके निश्चित मापदण्डका आधारमा बेरोजगार भत्ता दिने व्यवस्था मिलाइएको छ । यस्तै उहाँले दार्चुलाको मुख्य समस्याको रुपमा रहेको दार्चुला तिंकर सडक खण्डमा भइरहेको ढिलासुस्ती बारे काम नगर्ने ठेकेदारलाई कारवाहीको दयारामा ल्याउनु पर्ने समेत उहाँको भनाइ रहेको छ ।
 यसैविच प्रदेश सांसद धामीले  शुक्रबार भएको दार्चुलाको राताकाठामा भएको जिप दुर्र्घटनामापरी ज्यान गुमाउनेहरु प्रति श्रदाजली दिनुका साथै घाइते गाडी चालक दिपक सिह धामीलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।