दार्चुलामा स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ,  दुई जनालाई बिमा सदस्यता प्रदान

५ बर्ष अघि

२0७५ फाल्गुन २0 सोमबार

दार्चुलामा स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ,  दुई जनालाई बिमा सदस्यता प्रदान

ललित सामन्त,फागुन २० दार्चुला ।  दार्चुलामा आजदेखि औपचारीक रुपमा स्वास्थ्य विमा कार्यक्रम शुभारम्भ भएको छ । नेपाल सरकारले ल्याएकोे स्वास्थ्य बिमा कार्यक्रम दार्चुलामा पनि शुभारम्भ भएको हो  । राष्ट्रिय बिमा नीति २०७१ ले कार्यक्रम दीर्घकालीन लक्ष्य र मुख्य उद्देश्य निर्धारण गरेपछि कार्यक्रम लागू भएको हो। 
यो कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोगमा सुधार ल्याउने स्वास्थ्य बिमा कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले  बताए। गरिब, पिछडिएका अतिविपन्न, महिला, दलित, जनजातिले यसबाट फाइदा लिन सक्ने उनको भनाइ छ । 
कार्यक्रमले स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकारिता, दक्षताका साथै जवाफदेहीतामा सुधार ल्याउने स्वास्थ्य बिमाका प्रदेश नम्बर ७ का संयोजक जनक बहादुर साउँदले बताए। दार्चुलामा यो कार्यक्रम लागू गर्न स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका साथै सरोकारवालासँग अन्तरक्रिया र जनचेतना मुलक कार्यक्रमहरु सम्पन्न गरेपछि बिमा कार्यक्रम शुभारम्भ भएको उनको भनाई छ। 
शिखर होटरमास्वास्थ्य विमा वोड टेकु काठमाण्डौका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलको अध्यक्षता एवं दार्चुला बाट निर्वार्चित प्रदेश सांसद मान बहादुर धामी सन्तोषको प्रमुख आर्थित्यता तथा जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीको विशिष्ट आर्थित्यतामा स्वास्थ्य विमा कार्यक्रम  सम्पन भएको हो ।  यस्तै कार्यक्रमका अध्यक्ष रमेश कुमार पोखरेलले  कार्यक्रम सफल पार्न सबैको साथ र सहयोगको खाँचो रहेको समेत बताए।  दुईजनालाई बिमा सदस्यता वितरणमा  प्रदेश सांसद मान बहादुर धामी सन्तोष र महाकाली नगरपालिका नगर प्रमुख हंस राज भट्टले  परिचय पत्र  प्रदान गरेर स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरिएको हो । स्वास्थ्य विमा कार्यक्रममा सरकारी तथा गौर सरकारी संघ संस्थाका प्रमुखहरु सुरक्षा निकायका प्रमुखहरु सर्वसाधारण एव सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 
स्वास्थ्य बिमा गर्नेले के पाउँछन्  
वार्षिक २ हजार ५ सय रुपैयामा ५ जना परिवारको स्वास्थ्य बिमा गर्न सकिने र यसबाट एक जनाले एक पटक ५० हजार बराबरको सेवा सुविधा निःशुल्क रुपमा लिन सक्ने छन् । पाँचै जना एकैपटक बिरामी परे एक जना सदस्यले १० हजार बराबरको सेवा लिन सकिने ब्यावस्था छ । 
५ जनाभन्दा बढी परिवार हुनेका लागि ४२५ रुपैयाँ थप हुने र सेवा थप १० हजारले वृद्धि हुने गर्छ । ५ जनासम्मको परिवारले दैनिक ७ रुपैयाँ छुट्याउँदा एक वर्षका लागि योगदान रकम जम्मा हुने र यो रकम फिर्ता नहुने बिमा प्रबन्धक चौधरीले जानकारी दिए। स्वास्थ्य बिमा गर्ने हरुले १ हजार १ सय १८ प्रकारका औषधि निःशुल्क पाउने ब्यवस्था समेत रहेको छ । 
प्रदेश नम्बर ७ को कैलालीमा २०७३ जेठ १ गते देखि सेवा सुरु भएको थियो । इलाम र बाग्लुङमा २०७३ भदौ १ गते, म्याग्दी, कास्की, पाल्पा, अछाम र बैतडीमा २०७३ फागुन १ गते स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको थियो । तनहुँ, गोरखा, भत्तपुर, मकवानपुर, चितवन, जुम्ला र जाजरकोटमा २०७४ भाद्र १ गते, झापा, सिन्धुली, सुनसरी, रोल्पा, सोलुखुम्बु, सुर्खेत, बर्दियामा २०७४ मंसिर १ गतेदेखि नै कार्यक्रम सञ्चालनमा रहेको स्वास्थ्य बिमा विभाग प्रदेश नम्बर ७ का संयोजक जनक साँउदेले बताउनु भयो । यस्तै, रौतहट, पर्सा र महोत्तरीमा समेत कार्यक्रम सुरु भइसकेको छ भने बाजुरा र बझाङमा  समेत स्वास्थ्य बिमा शुभारम्भ भइसकेको छ । भने दार्चुलामा ४१ औँ जिल्लाको रुपमा स्वास्थ्य विमा कार्यक्रम शुभारम्भ भएको हो । 

कसरी गर्न सकिन्छ स्वास्थ्य बिमा 
स्वास्थ्य बिमाका लागि सहयोगीहरु स्थानीय सर्वसाधारणकै घरघरमा पुग्नेछन् । बिमा गर्नका लागी बिमा दर्ता सहयोगीलाई सुरुमा तालिम समेत प्रदान गरीएको छ । यदि कुनै व्यक्तिले स्वास्थ्य बिमा गर्न चाहेको खण्डमा सहयोगीहरु घरमा नै पुगेर बिमाका बारेमा जानकारी गराउने, फोटो खिच्ने र फाराम भर्ने गर्छन् । त्यसपछि तत्कालै स्वास्थ्य बिमा गरेका व्यक्तिलाई कार्ड उपलब्ध गराइनेछ । दार्चुला जिल्लाका ९ वटै स्थानीय तहरुमा ६१ वटा वडाहरु रहेका छन् । जस अनुसार एक वडाका लागी एक जना दर्ता सहयोगी अर्था ६१ जना दर्ता सहयोगी परिचालन गरिएका छन् । 
५ जना परिवारले स्वास्थ्य बिमा गरेका छन् भने ५ वटै कार्ड तथा परिचय पत्र उपलब्ध स्वास्थ्य बिमाले उपलब्ध गराउने छ । उक्त कार्डका आधारमा नै बिरामी पश्चात्त ५० हजार रुपैया बराबरको सेवा लिन सकिने व्यवस्था छ । यदि ५० हजारभन्दा बढी खर्च भएको खण्डमा बिरामी आफैंले बेहोर्नुपर्ने छ । 
वर्षौंपिच्छे स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको कार्ड नवीकरण गर्नुपर्ने हुन्छ । यस बापत वार्षिक दुईहजार ५ सय बिमा बोर्डलाई बुझाउनु पर्ने हुन्छ  । परिवाको एक जना सदस्य बिरामीलाई मात्रै ५० हजार रुपैयाँ खर्च लागेको खण्डमा अरु सदस्य विरामी पर्दा लाग्ने खर्च आफैले बेहोर्नुपर्ने हुन्छ ।