मृतक११जनालाई दियो नेपाल विद्यार्थीसंघ दार्चुलाले श्रदाजली 

५ बर्ष अघि

२0७५ फाल्गुन १९ आईतवार

मृतक११जनालाई दियो नेपाल विद्यार्थीसंघ दार्चुलाले श्रदाजली 

ललित सामन्त, फागुन १९ दार्चुला । नेपाल विद्यार्थीसघं दार्चुलाले शुक्रबार भएको दार्चुलाको दुहु गाउँपालिका वाड नम्बर ३ मा पर्ने राताकाठा क्षेत्रमा भएको जिप दुर्घटनामापरी ज्यान गुमाउने ११ जनालाई श्रदाजली दिनुका साथै  दिपप्रजनल गरेको छ । 

गाडी चालकको स्वास्थ्य लाभको कामना गरी आइतबार  दार्चुलाको महाकाली नगरपालिका वाड नम्बर ४ पिपल बोट नजिक मृतकहरुलाई श्रदाजली दिएको छ ।

नेपाल विद्यार्थी संघ दार्चुलाका अध्यक्ष रमेश भट्टको टोलीले मृतक प्रति श्रदाजली र घाइते गाडी चालक प्रति शिघ स्वास्थ्य लाभको कामना गरेको हो ।  शुक्रबार जीप दुर्घटनामा परी मृत्यु हुनेहरुमा दुहुँ गाउँपालिका वडा नम्बर २ बस्ने ४५ बर्षका कल्यानसिह बडाल, वहाँकै छोरी बर्ष १५ कि निर्मला बडाल, दुँहुँ गाउँपालिका वडा नम्बर २ बस्ने ३५ बर्षीया परुली धामी रहेका छन् । त्यसैगरी दुहुँ गाउँपालिका १ बस्ने ५४ बर्षका धन बहादुर बम, दुहुँ गाउँपालिका वडा नम्बर ४ दौला बस्ने बर्ष ५५ कि अम्मरा बम, सोही ठाउँकी बर्ष ४ कि आयुसा बम, दुहुँ गाउँपालिका वडा नम्बर १ पीपलचौरी बस्ने ४५ बर्षिया गोमती बम र सोही ठाउँकी बर्ष ७१ की धाना बम रहेका छन् । 
त्यस्तै बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका ६ सित्तड बस्ने ६० बर्षका प्रताप चन्द भनिने धनबहादुर चन्द, सोही ठाउँ बस्ने बर्ष २०÷२१ कि स्नेहा चन्द र दुहुँ गाउँपालिका वडा नम्बर १ बस्ने ५३ बर्षीया मानमती भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोही दुर्घटनामा जिप चालक दिपकसिह धामी गम्भीर घाइते भएका छन्