शिवरात्री मेलाको तयारी अन्तिम चरणमा 

५ बर्ष अघि

२0७५ फाल्गुन १९ आईतवार

शिवरात्री मेलाको तयारी अन्तिम चरणमा 

ललित सामन्त,फागुन १९ दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वाड नम्बर ९ गोकुलेश्वरमा शिवरात्रीको तयारी अन्तिम चरणमा पुगेको छ । 
आर्थिक तथा धार्मिक रुपले निकै अर्थपुर्ण रहेको यस धार्मिक क्षेत्रको एक आफनै मुल्य र मान्यता रहेको छ । फागुन २० गते देखि सञ्चालन हुने महाशिरात्रीको तयारी अन्तिम चरणमा पुगेको शैल्यशिखर नगरपालिकाका उपाध्यक्ष राजमति पालले बताए ।  
दुबै गोकुलेश्वरकोबीचमा चौलानी नदी बग्छ । नदीको वारी र पारी महादेवमा मन्दिर स्थापित छन् । प्राकृतिक रूपले पनि अत्यन्तै रमणीय यस पूण्यभूमीमा हरेक वर्ष महाशिवरात्रीको ठूलो मेला लाग्ने गर्दछ ।

यस मेलालाई सुदुर पश्चिम प्रदेशकै नमुना धार्मिक मेलाका रूपमा लिईने गरेको स्थानीयहरू बताउँछन् यस मेलामा स्थानीय कला तथा प्राचीन महत्व झल्काउने सामानहरूको बढी व्यापार हुने गर्दछ । मेलामा व्यापार गर्नका लागि नेपालमा मात्रै नभई भारत र तिब्बतका व्यापारी समेत आउने गर्दछन् ।मेलाको आकर्षण भनेको स्थानीयले उत्पादन गरेका ऊनी गलैँचा, राडी, चुटुक तथा निगालोका घरायसी सामान हुने गर्दछन् । साथै, डडेल्धुरामा बनेका करुवा, काठका भाडा पनि यस मेलामा ल्याउने गरेको पनि नरपालिका उपाध्यक्ष पालले बताउनु भयो । 
दार्चुलाको गोकुलेश्वर र बैतडी गोकुलेश्वर व्यापारिक दृष्टिकोणले दुईटै जिल्लाका महत्त्वपूर्ण ठाउँ मानिन्छन्। भने दार्चुलाको गोकुलेश्वरमा छिटै यदि विमान स्थल निर्माण भएमा स्वादेश तथा विदेशका पर्यटकहरु भित्रिने उनको भनाइ छ ।