पिडित परिवारलाई आर्थिक सहयोग

५ बर्ष अघि

२0७५ फाल्गुन १९ आईतवार

पिडित परिवारलाई आर्थिक सहयोग

दृष्टिकोण समाचार, फागुन १८ दार्चुला । दार्चुला जिल्लाको तिंकर सडक खण्डको राताकाठामा भएको जीप दुर्घटनामा परी मृतक परिवारलाई पदेश सभा सदस्य गेल्बु बोहरा र दुहुँ गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्रदेश सभा सदस्य गेल्बु बोहराले मृतक ११ जनाको परिवारलाई व्यक्तिगत रुपमा प्रतिव्यक्ति ५ हजार रुपैँया कृया खर्च दिएका छन् । त्यसैगरी दुहुँ गाउँपालिकाबाट पनि मृतक ११ जनाको परिवारलाई ५ हजार रुपैँयाका दरले ५५ हजार रुपैँया आर्थिक सहयोग गरेको छ । दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शनिबार दाहसंस्कार गरीएको थियो ।