‘मल्देश’ जुन स्वर्गकै नजिक छ

६ बर्ष अघि

२0७५ जेष्ठ २0 आईतवार

‘मल्देश’ जुन स्वर्गकै नजिक छ

मैले देखेको छैन स्वर्ग शायद तपाईंले पनि देख्नुभाको छैन होला, यदी देख्नुभएको छ भने त यि शब्द हरु तपाईंका लागि फिक्का फिक्का होलान अन्यथा यो कुनै स्वर्ग भन्दा कम चाँही छैन भन्ने मेरो धारणा हो। संसारिक सुन्दरता त्यस्मा पनि कैलाश- मानसरोबर जस्तो भुमिको द्वारको रुपमा चिनिएको दार्चुला जिल्ला मेरो जन्मभुमी जहां अपी हिमाल का चुचुराले मलाई सानै देखी नै आउ भनेर भनेको जस्तो भान हुन्थ्यो। जुन हिमाल को छेउमा रहेका अन्य हिमाल हरु पनि मलाई स्वागत गर्न आत्तुर भएको महसुस म गरी रहेको हुन्थे । अन्तत यि मेरा पैतला जस्ले जीवनका असं समयमा यि हिम्चुली हरुबाट बगेको पानीले श्वास चलायो भन्दा त के फरक पर्ला र? 

खन्डेस्वरी गा वि स को सबै भन्दा टाढा रहेको गाउँ जस्को नाम हो छ्यत्ती र घजिर, समुन्द्री सतहबाट करिब ३४०० मिटर उचाइमा रहेको उक्त गाउँको परिवेस, रहन-सहन अरु ठाउँ भन्दा निकै फरक मैले महसुस गरे। सुन्दा अचम्म लाग्ने कुरा हरु प्रत्यछ्य हेर्न पाउदा बल्ल विश्वाश भयो आखिर कुरो के भने नि अघिल्लो बर्ष भाद्रमा लगाएको गहु यो बर्ष साउनमा भित्रिने छ, कुरा हरु चल्दै जाँदा पो पत्तो चल्यो बझाङ त एक दिनको बाटो रहेछ अब त । यि पैतला ले आँफैलाई धन्यवाद दिन वाध्य भये आखिर हिन्दा हिन्दा बझाङ चैन्पुर नजिकै को गाउँ पुगिएको पो रहेछ। 
तस्बिर हेर्दा मनै आनन्दित पार्ने यि डाँडा हरु अनी देखिएको सेतो हिमाल साथमा हरिया गहुका बालाहरु को बारे बिचार राख्न शायद मेरो छ्यमता ले सक्दैन होला। कतै मैले सुनेको थिए संसार धेरै अद्रिशय छ, जहाँ यो सेतो धरतिमा माता सुर्मा भवानिको को वास रहेछ, शायद यिनै देबिले हो या कैलाश भगवान महादेव ले हो, यि पुग्नै नसकिने भनिएका ढिस्का हरुमा नौट मेसिनहरु लुकएर रखिदिएका, जस्को एक सानो झिल्को हो तस्बिर जहाँ हिमालको सुन भनिने यार्शा गुम्बा को खोजी गरिन्छ।