ललित सामन्त,फागुन १८ दार्चुला । दार्चुला बाट निर्वार्चित सांसद एवं प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्नाले शनिबार प्रतिनिधि सभामा बोल्दै शुत्ररबार मात्रै दार्चुला तिंकर सडकमा भएको जिप दुर्घटनामा परी मुत्युहुनु भएका ११ जनाको परिवारलाई उचित राहातको माग गर्नु भएको छ ।
प्रतिनिधि सभामा बोल्दै दार्चुला बाट निर्वार्चित सांसद ठगुन्नाले दार्चुला तिंकर सडक खण्डमा भएको जिप दर्घटनामापरी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपुर्ति दिनुका साथै गाडी चालकको उपचार खर्चपनि सरकारले दिनु पर्ने माग राखेका छन् ।
यस्तै सांसद ठगुन्नाले दार्चुला तिंकर सडकमा भइरहेको ढिलाई प्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउनुका साथै ढिलासुस्ति गर्नेलाई कारवाहिकको माग समेत गरेका छन् ।
त्यसैगरी सांसद ठगुन्नाले महाकाली कोरिडोर अन्तरर्गत दार्चुला तिंकर सडक खण्ड २०६४ साल देखि शुरुवात हुँदा पनि आज सम्म ५ किलोमिटर सडक खण्ड बनाउन नसकेको कारण यो दुर्घटना भएको सांसद ठगुन्नाले बताउनु भयो ।
साथै उहाँले पर्यटनमन्त्री लगायतका महत्वपुर्ण व्यतिmहरु राज्यले गुमाएको र हिजो मात्रै पुनः दार्चुला तिंकर सडक खण्डमा भएको जिप दुर्घटनाले दार्चुला जिल्ला नै शोखमा डुबेको कुरा स्मरण गराउनु भएको छ ।
साथै दार्चुला बाट निर्वार्चित सांसद ठगुन्नाले महाकाली राजमार्ग डडेल्धुरा बाट दार्चुला सम्म एउटै सडक खण्ड भएको र त्यसमा पनि एउटै चालकले रात्री सेवा सञ्चालन गरीरहेकोले त्यस तर्फपनि सरकारले ध्यान दिनु पर्ने बताएका छन् ।