क्षेत्रीय प्रतियोगिता एक दिनका लागि बन्द (प्रेस विज्ञप्ती)

५ बर्ष अघि

२0७५ फाल्गुन १८ शनिबार

क्षेत्रीय प्रतियोगिता एक दिनका लागि बन्द (प्रेस विज्ञप्ती)

सुलाेचना महता, फागुन १८ दार्चुला । दार्चुला जिल्लाको तिंकर सडक खण्डको राताकाठामा भएको जीप दुर्घटनाले पुरा जिल्ला नै शोकमा डुबेको छ । दार्चुला जिल्ला सदरमुकाम खलंगामा हिजो देखि सञ्चालन भएको क्षेत्रीय भलिबल प्रतियोगिता जीप दुर्घटनाको शोकको घडीमा एक दिनका लागि खेल स्थिगित भएको छ । 
खेलकुद विकास समिति दार्चुलाको आयोजनामा शनिबार बिहान देखि सञ्चालन भईरहेको भलिबल प्रतियोगीतामा शोकको घडीमा पनि सञ्चालन भएको भनि चर्को विरोध भएपनि दिउँसो २ बजे देखि भोली सञ्चालन हुने गरी बन्द भएको छ । जीप दुर्घटनामा परी ज्यान गुमाउने सबै ११ जनाको सनाखत भईसकेको छ ।