महाकाली नगरपालिकाले महाशिवरात्रीमा मेला आयोजना गर्ने

५ बर्ष अघि

२0७५ फाल्गुन १८ शनिबार

महाकाली नगरपालिकाले महाशिवरात्रीमा मेला आयोजना गर्ने

सुलाेचना महता, फागुन १८ दार्चुला ।  दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको खुला मञ्चमा महाकाली नगरपालिकाले आउँदो महाशिवरात्रीमा मेला लगाउने भएको छ । यहि फागुन २० र २१ गतेका दिन महाशिवरात्रीमा भगवान् शिवको पुजा, विविध सांस्कृतिक कार्यक्रम र प्रर्दशर्नी गर्नका लागि मेलाको आयोजना गरीएको महाकाली नगरपालिकाले जनाएको छ ।

दार्चुला जिल्ला ऐतिहासिक धार्मिक पवित्र स्थल भएकाले दार्चुला जिल्लाको कला संस्कृतिको जगर्नेा गर्न मेलाको आयोजना गरिएको महाकाली नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष पुष्करराज जोशीले जानकारी दिए । महाशिवरात्री मेलामा राष्ट्रिय कलाकार शिवनाथ योगी आउने तथा दार्चुला जिल्लामा रहेका सबै स्थानीय कलाकारहरु सबैको प्रस्तुती रह्नुका साथै नित्य, झाँकी प्रर्दशनी लगायत विविध सांस्कृतिक कार्यक्रम हुने महाकाली नगरपालिकाका प्रबक्ता जोशीले बताए । महाशिवरात्री मेलाका लागि हाल कलाकारहरुसँग कुराकानी टुङ्गो लागि सक्नुको साथै गेडहरु निमार्ण भईरहेको र भोली मञ्च निमार्ण हुने उनले बताए ।