तिङ्कर सडककाे राताकाठामा अर्काे दर्घटनाः चार जनाकाे मृत्यु  

५ बर्ष अघि

२0७५ फाल्गुन १७ शुक्रबार

तिङ्कर सडककाे राताकाठामा अर्काे दर्घटनाः चार जनाकाे मृत्यु  

दृष्टिकोण समाचार, १७ फागुन दार्चुला । दार्चुला तिङ्कर सडक खण्डको राताकाठामा एउटा घटना सेलाउन नपाउँदै अर्काे दुखद घटना भएकाे छ ।  शुक्रबार साँझ ८ बजेतिर जिप दुर्घटना भएको छ । दुँहुँ गाउँपालिका वडा नम्बर ३ राताकाठामा दार्चुलाबाट हिकिलाका लागि गएको २८० नम्बरको जिप दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटना स्ठलबाट गाडि चालक दिपकसिह धामीकाे घाइते अवस्ठामा उद्दार गरीएकाे छ । भने ४ जनाकाे शव फेला परेकाे शसस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका  गुल्मपती भिमबहादुर चन्दले जानकारी दिनुभयाे । सडकबाट करिब ५ सय मिटर महाकाली नदि किनारमा जिप खसेकाे छ । अध्याराे भएकाे कारण उद्दारकार्यमा कठिनाइ भइरहेकाे प्रहरीले जनाएकाे छ । याे भन्दा तिन दिन पहिले साेही क्षेत्रमा पहिराेमा परी एक जनाएकाे मृत्यु भएकाे थियाे भने पाँच जना घाइते भएका थिए भने आधा दर्जन बाख्रा समेत मरेका थिए । दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट  उत्तरपश्चिमी क्षाेत्र करिब ५ किलोमिटरको दुरीमा घटनास्थल  रहेको छ ।