पहिलो चरणको खेलमा अछामसंग दार्चुला पराजित 

५ बर्ष अघि

२0७५ फाल्गुन १७ शुक्रबार

पहिलो चरणको खेलमा अछामसंग दार्चुला पराजित 

ललित सामन्त,फागुन १७ दार्चुला ।   पहिलो चरणमा भएको खेलमा अछामसंग दार्चुला पराजित भएको छ । आठौँ राष्ट्रिय भलिबल प्रतियोगिता २०७५ अन्तरगत सञ्चालन गरिएको क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको पहिला चरणको खेल दार्चुलाले गुमाएको छ ।
सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाको प्रतिनिधित्व रहेको क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा दार्चुलाले सुरुको सेट आफ्नो कब्जा लिएको थियो । सुरुको सेट आफ्नो पक्षमा लिन सफल दार्चुलाले पछिल्ला ३ सेट लगातार गुमाएपछि पराजित भएको हो ।