दार्चुलामा एक महिनापछि लाश भेटियो 

५ बर्ष अघि

२0७५ फाल्गुन १७ शुक्रबार

दार्चुलामा एक महिनापछि लाश भेटियो 


सुलोचना महता, फागुन १७ दार्चुला । दार्चुला जिल्लाको लेकम गाउँपालिका वडा नम्बर २ मा रहेका आमपानीको भिरमा दुर्गाराम लावडको लाश सडिगली भएको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले शुत्रबार दुर्गारामको लाश फेला परेको प्रहरी निरिक्षक रविन्द्र कटायतले बताए । 
लेकम गाउँपालिका वडा नम्बर २ पिपलकोट बस्ने जानकी लावडले यहि फागुन १५ गते रोजगारीका लागि भारतको पिथौरागढबाट घर र्फकिन्छु भनेको एक महिना सम्म  पनि श्रीमान दुर्गाराम घर नपुगेको भनि खोज तलाश गरी पाउँ भनि इलाका प्रहरी कार्यालय रिठ्ठाचौपातामा दिएको हुलिया निवेदन दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरक्षक कठायतले जानकारी दिए । गत माघ १७ गतेका दिन घर आउँछु भनि फोन मार्फत जानकारी गराएको भएपनि एक महिना सम्म घर नपुग्दाँ प्रहरीलाई खबर गरेको जानकी लावडले बताईन् । दुर्गाराम लावडको लाशलाई आफन्तको जिम्मा लगाएर सनाखत भईसकेको प्रहरी निरक्षक कठायतले बताए । घटना बारे थप अनुसन्धान भईरहेको उनले बताए ।