सदरमुकाम क्षेत्रमा खेल मैदान निमार्ण गर्नुपर्नेः प्रदेश सभा सदस्य बोहरा

५ बर्ष अघि

२0७५ फाल्गुन १७ शुक्रबार

सदरमुकाम क्षेत्रमा खेल मैदान निमार्ण गर्नुपर्नेः प्रदेश सभा सदस्य बोहरा

 
सुलोचना महता, फागुन १७ दार्चुला । दार्चुला जिल्ला सदरमुकाम क्षेत्रमा खेल सञ्चालन गर्नका लागि भौतिक संरचना अभाव रहेको हुदाँ खेल मैदान निमार्ण गर्नु आवश्यक रहेको सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बु बोहराले बताएका छन् । शुत्रबार देखि शुरु भएको क्षेत्रीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दैँ उक्त कुरा प्रदेश सभा सदस्य बोहराले बताएका छन् । 

दार्चुला जिल्ला सदरमुकाम सेरोफेरोमा खेल मैदान निमार्ण तथा व्यवस्थापन गर्न महाकाली नगरपालिका प्रमुखलाई प्रदेश सभा सदस्य बोहराले आग्रह गर्नुभयो । सदरमुकाम क्षेत्रमा खेल सञ्चालन गर्नका लागि भौतिक संरचना पूर्ण गर्न तथा कबडहल निमार्ण गर्न स्थानीय सरकार र प्रदेश सरकार हातोमालो गरी अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।