‘डमडोल्यो’ अर्थात शताब्दी पुरानो पानी जम्मा गर्ने भाँडो 

६ बर्ष अघि

२0७५ जेष्ठ १९ शनिबार

‘डमडोल्यो’ अर्थात शताब्दी पुरानो पानी जम्मा गर्ने भाँडो 

दृष्टिकोण समाचार, दार्चुला ।आधुनिक विज्ञानले पनि कुनै न कुनै पौराणिक कुरालाई अंगालेर विभिन्न आविष्कार गरेको हुन्छ । विज्ञानको प्रयोग नहुने बेला सदियौँ पुरानो प्रविधिबाट पानी संकलन गर्ने काठबाट बनेको भाँडोलाई डोटेली भाषामा डमडोल्यो, पाल्लो जस्ता नामले बुझिन्छ । 
पानी भर्ने भाँडाकुँडाको अभाव तथा धेरै पानी संकलन गर्ने पुरानो तरिकाबाट काठको मुडालाई खोदेर बनाइने उक्त भाँडो पहिले पहिले निकै प्रचलनमा रहेको छ । सुदुरपश्चिमका विकट क्षेत्रहरुमा यस्तो भाँडोको प्रयोग गरी पानी जम्मा गर्ने प्रचलन अझै पनि कतै कतै कायमै रहेको छ भने कुनै ठाउँमा उक्तभाँडाको प्रयोग अब लोप नै भइसकेको छ । 
पुर्खाले अंगालेका यस्ता प्रविधिहरुको आधुनिक प्रविधिको प्रयोग गरी संरक्षण एवं प्रबद्र्धन गर्ने हो भने अझै दैनिक कामकाजमा केही सहजता ल्याउन सकिन्छ ।