क्षेत्रीय  पुरुष भलिबल प्रतियोगिताको उद्घाटन (फोटो फिचर )

५ बर्ष अघि

२0७५ फाल्गुन १७ शुक्रबार

क्षेत्रीय  पुरुष भलिबल प्रतियोगिताको उद्घाटन (फोटो फिचर )

ललित सामन्त,फागुन १७ दार्चुला । क्षेत्रीय भलिबल प्रतियोगिताको उद्घाटन भएको छ । “आठौ खेलकुद हाम्रै प्रदेशमा पसिना र पौरख आफनै देशमा ” भन्ने मुलनाराका साथ शुक्रबार देखि दार्चुलामा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भएको हो
सुदुरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समिति दार्चुलाको  समन्वयमा प्रतियोगिता सुरु भएको  हो ।क्षेञीय प्रतियोगिताको उद्घाटन दार्चुला बाट प्रदेश सांसद द्धय गेल्बु सिह बोहरा र अर्का प्रदेश सांसद मान बहाुदर धामी सन्तोष क्षेत्रीय प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।

 आजदेखि २० गते सम्म दार्चुलाको महाकाली नगरपालिका वाड नम्बर ४ खलंगा स्थित खुल्ला मञ्चममा सञ्चालन भइरहेको छ ।  क्षेत्रीय प्रतियोगितामा सुदुरपश्चिमका नौ वटै जिल्लाहरु बाट भलिबल खेलाडीहरु  आएका छन् ।
प्रतियोगितामा प्रतिस्पर्धा गर्न दार्चुला, बैतडी, डडेल्धुरा, कन्चनपुर, कैलाली , अछाम, डोटी, बझाङ, बाजुराका पुरुष भलिबल खेलाडीहरु क्षेत्रीय खेल खेल्नका लागि दार्चुला आएका  हुन ।

दार्चुलालाई खेलकुद मार्फत पर्यटन प्रवद्वन तथा खेलाडी उत्पादनलाई समेत मध्यनजर गर्दै प्रतियोगिता आयोजना  गरेको हो कार्यक्रममा दार्चुला जिल्लाभरीका सरकारी तथा गैर सरकारी संघसंस्थाहरुका प्रमुखहरु सुरक्षा निकायका प्रमुख लगायत सञ्चारकर्मीहरुको पनि सहभागिता रहेको छ ।