१७ बर्ष पछि दार्चुलामा क्षेत्रीय भलिवल हुदै ।।

५ बर्ष अघि

२0७५ फाल्गुन १७ शुक्रबार

१७ बर्ष पछि दार्चुलामा क्षेत्रीय भलिवल हुदै ।।

रमेश खत्री फागुन १७ दार्चुला । दार्चुला जिल्लामा १७ बर्ष पछि आठौ क्षेत्री भलिबल प्रतियोगीता सञ्चालन भईरहेको छ । दार्चुला जिल्ला सदरमुकाममा रहेको एकमात्रै खेलमैदान २०७० सालमा आएको विनासकारि  बाढिले बगाएपछि खेलमैदान पुर्ननिर्माण हुन नसक्दा दार्चुला जिल्लामा रहेका खेलप्रतिभाहरु ओझेलमा परेका छन । जिल्लामा क्षेत्रीय भलिबल मात्रै नभई अन्य क्षेत्रीय खेलहरुको पनि सञ्चालन गर्न सके दार्चुलाको नाम विश्वभरि चिनाउन सकिने पुर्व खेलाडि तथा दार्चुलाका स्थानीय गोविन्द बडुले बताउनु भयो । दार्चुला जिल्लामा पहिलो पटक क्षेत्रीय खेलकुद प्रतियोगीता राख्दा थुप्रै चुनौतिहरु रहेकाले पनि आगामी दिनमा पनि अन्य खेलकुदका लागि पहल चाल्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नाराय दाहालले जानकारि दिनु  भयो ।