मौसमका कारण दार्चुलामा फोन इन्टरनेट र विद्युत्त प्रभावित

५ बर्ष अघि

२0७५ फाल्गुन १५ बुधबार

मौसमका कारण दार्चुलामा फोन इन्टरनेट र विद्युत्त प्रभावित

दृष्टिकोण समाचार, फागुन १५ दार्चुला । केही दिन यता मौसममा आएको परिवर्तनका कारण दार्चुला जिल्लाको सञ्चार र विद्युत्त सेवा अवरुद्ध भएको छ । बुधबार विहान ११ बजेपछि दार्चुलाको फोन, इन्टरनेट सेवा अबरुद्ध भएको हो भने मंगलबार रातीबाट विद्युत्त सेवा अबरुद्ध भएको छ । नेपाल टेलीकमको मूख्य रिपिटर टावर मालिकार्जुन गाउँपालिकाको भगवती स्थित बालशिखरमा व्याट्री व्याकअप नहुँदा फोन तथा इन्टरनेट सेवा बन्द भएको नेपाल टेलीकम दार्चुलाले जनाएको छ । फोन सेवा नहुँदा विद्युत्त अबरुद्धको खबर समेत पाउन सकिएको छैन । दार्चुलाको यो समस्या भने नौलो होइन । यो क्षेत्रमा मौसम बदलि भएको दुइ दिनभित्र फोन इन्टरनेट र विद्युत्त प्रभावित हुँदै आएको छ ।