हेलिकाेप्टर उडेकाे एक मिनेटमै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु

५ बर्ष अघि

२0७५ फाल्गुन १५ बुधबार

हेलिकाेप्टर उडेकाे एक मिनेटमै  पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु

दृष्टिकाेण समाचार, १५ फागुन ।  पाथिभराबाट उडेकाे एक मिनेटमै मन्त्री चढेकाे हेलिकाेप्टर ताप्लेजुङमा दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे । पाथिभराबाट उडेको हेलिकप्टर पाथिभरा नजिकै  तारेभिरमा दुघर्टना भएको हो ।  एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टरमा हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित प्रधानमन्त्रीका सल्लाहकार युवराज दाहाल र यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, बिरेन्द्र श्रेष्ठ उड्डयन प्राधिकरणका  उपमहानिर्दैशक, उपसचिव युवराज दाहाल,  ध्रुव भाेछिभाेया उड्डयन प्राधिकरणका निर्देशक , सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइलट प्रभाकर केसी सहित ७ जना रहेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राइले जानकारी दिनुभभएको छ ।