जिल्ला अदालत दार्चुलाको मुद्दा स्थितिः कार्य सम्पादन ४३ प्रतिशत

५ बर्ष अघि

२0७५ फाल्गुन १४ मंगलवार

जिल्ला अदालत दार्चुलाको मुद्दा स्थितिः कार्य सम्पादन ४३ प्रतिशत

सुलोचना महता, फागुन १४ दार्चुला । जिल्ला अदालत दार्चुलामा चालु आर्थिक वर्षको  फागुन १३ गते सम्म ८१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दाहरु मध्ये गत आर्थिक वर्ष २०७४÷०७५  बाट जिम्मेवारी सरी आएका २६ थान मुद्दा र चालु आवको फागुन १३ गते नयाँ दर्ता भएको  ५५ थान मुद्दा गरी जम्मा ८१ थान मुद्दा दर्ता भएका छन् । अहिले सम्म दर्ता भएका मुद्दाहरु मध्ये ३५ थान मुद्दा फछ्र्याैट गरिएका छन् भने ४६ थान मुुद्दा फछ्र्याैट गर्न बाँकी रहेको जिल्ला अदालत दार्चुलाका श्रेस्तेदार किरण सिहले जानकारी दिनुभयो ।
जिल्ला अदालत दार्चुलाले मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्षको जिल्ला अदालतको गतिविधि सार्वजनिक गरेको हो । जिल्ला अदालत दार्चुलाले चालु आवको फागुन १३ गते सम्म ४८ थान मुद्दा अंग पु¥याउने लक्ष्य राखेकोमा लक्ष्य भन्दा बढी ५५ थान मुद्दाको अंग पु¥याएको छ । त्यस्तै लक्ष्यको १ सय १४ दशमलव ५८ प्रतिशत प्रगती गरेको छ । 
त्यसैगरी जरिवाना तर्फ जिम्मेवारी सरी आएको २ लाख ५ हजार २५ रुपैँया र यस वर्षको हाल सम्मको १ करोड ८७ लाख ३९ हजार १६ रुपैँया ६६ पैसा गरी जम्मा १ करोड ९० लाख ३४ हजार ४१ रुपैँया ६६ पैसा लगत बाँकी रहेको छ । चालु आवको हाल सम्म १ लाख २३ हजार ४ सय २५ रुपैँया मात्र जरिवाना फछ्र्यौटबाट असुल भएको छ । अझै जरिवाना फछ्र्याैट हुन बाँकी १ करोड ८९ लाख १० हजार ६ सय १६ रुपैँया ६६ पैसा असुल बाँकी रहेको जिल्ला अदालत दार्चुलाले जनाएको छ । 
त्यसैगरी कैद तर्फ १ सय ६६ बर्ष १८ दिन गत बर्षको र ८ बर्ष १० महिना ६ दिन गरी जम्मा १ सय ७४ बर्ष १० महिना २४ दिन कैद मध्ये हालसम्म ६ बर्ष ७ महिना ३ दिन ६८ फछ्र्यौट भएर १ सय ६८ बर्ष ३ महिना २१ दिन कैद बाँकी रहेको जिल्ला अदालत दार्चुलाले जनाएको छ ।